Comments Add Comment

कुष्टरोग दिवसमा गुलाफको फूल उपहार

gulab5

आरपी सुवेदी
१० माघ, नेपालगन्ज । आज गुलाब दिवस पनि होईन, न त आज १४ फेब्रुअरी नै हो तर नेपालगन्जमा विद्यार्थी , पेशाकर्मी, अधिकारकर्मी सबैको हातमा गुलाव छ । यो गुलाव ६२ औ विश्व कुष्टरोग दिवसको अवसर पारेर बाँडिएको हो ।

नेपालगन्जमा कार्यरत डा. सुशील कोईरालाले विश्व कुष्टरोग दिवसको अवसरमा निकालिन लागेको सचेना र्‍यालीका सहभागि सबैलाई विभिन्न रंङ्गका गुलाव बाँडेर सामाजिक सद्भाव प्रेमको सन्देश दिएको बताए । गुलाव डाक्टर उपनामले चिनिने डा. कोईरालाले देश विदेशमा गुलाव आन्दोलन चलाएका छन् ।

dr-gulab3

सो र्‍यालीमा उनले मानव अधिकारकर्मी, धर्मगुरु, विद्यार्थी, प्रहरी, ट्राफिक प्रहरी, स्वास्थ्यकर्मी लगायतलाई गुलाव बाँडेर र्‍यालीको सुभारम्भ भएको थियो । सो र्‍याली चारबाहीनी, सुर्खेतरोड वीपीचोक, त्रिभुवनचोक हुँदै जिल्ला प्रशाशनको मञ्चमा पुगेर अन्त्य भएको थियो ।

dr-gulab1

dr-gulab2

gulab1

gulab3

gulab4

police-with-gulab

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment