Comments Add Comment

संविधान जारी गर्न नसकेको भन्दै शीर्ष नेताहरुको किरिया

१० माघ, कपिलवस्तु । शीर्ष नेताहरुले माघ ८ मा संविधान जारी गर्न नसकेपछि त्यसको विरोध गर्दै कपिलवस्तुमा एकजना वृद्ध नागरिक शीर्ष नेताहरुको किरियामा बसेका छन् ।

जिल्लाको वाणगङ्गा नगरपालिका–८ भक्तौलीका ६१ वर्षीय कृष्णदेव पोख्रेलले जनतासँग गरेको बाचाअनुसार राजनीतिक दलका नेताहरुले समयमै संविधान घोषणा गर्न नसकेको भन्दै हिन्दू वैदिक परम्पराअनुसार शुक्रबार रातिदेखि किरियामा बसेका हुन् ।

हामीले भोट दिएर नेताहरुलाई संविधानसभामा संविधान बनाउन पठाएका हौँ’ पोख्रेलले भने-‘हाम्रो लागि यी सबै दलका शीर्ष नेताहरुको मृत्यु भए समान छ । त्यसकारण किरिया गरेको हो ।” रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment