Comments Add Comment

रुपन्देहीमा विपन्न परिवारलार्इ कम्बल वितरण

kambal bitaran-rupendehi

सलमान खान

१० माघ, भैरहवा । शितलहरबाट बच्नका रुपन्देही धकधई गाविसका विपन्न परिवारलाई शनिवार कम्बल वितरण गरिएको छ ।

‘न्यानो वाडौं अभियान’ अन्र्तगत संकलन गरिएको कब्बल चिसोबाट प्रभावित रुपन्देहीका अति विपन्न परिवारलाई वितरण गरिएको नयाँ पत्रिका सम्पादक कृष्णज्वाला देवकोटाले जानकारी दिए ।

जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय रुपन्देहीको समन्वयमा रुपन्देहीको धकधई गाविसका वासिन्दालाई कम्बल वितरण गरेको हो ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी तोयम रायमाझी र जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी उपरिक्षक राजेन्द्र ढकालले उनीहरुलाई कम्बल हस्तान्तरण गरेका थिए ।

वाषिर्क ग्राहक शुल्कबाट संकलित रकम तथा विभिन्न ब्यक्तित्वहरुले गरेको सहयोगबाट धकधई क्षेत्रका असहाय तथा गरीब परिवारलाई एक सय थान कम्बल वितरण गरिएको नयाँ पत्रिकाका पश्चिमाञ्चल क्षेत्रीय प्रमुख विष्णु घिमिरेले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment