Comments Add Comment

धरानमा क्षेत्रीय सुधार गृह बन्ने

११ माघ, सुनसरी । धरान २३ पानमारामा पूर्वाञ्चल क्षेत्रीय स्तरको सुधार गृह निर्माण गरिने भएको छ । नागरिक स्तरबाट आर्थिक सहयोग जुटाएर करिब एक हजार ५ सय अट्ने क्षमताको ‘पूर्वाञ्चल आसार सुधार केन्द्र’ नामक सुधार गृह निर्माण गर्न लागिएको हो ।

पूर्व क्षेत्रिय प्रहरी कार्यालय विराटनगरका प्रमुख डिआइजी नवराज सिलवालले सुधार केन्द्रको आइतवार शिलान्यास गरेका छन् । कुलतमा फसेका युवा युवतीहरुलाई सुधार गृहमा राखि कुलतबाट छुटाउने उद्देश्यले सुधार गृहको निर्माण गर्न लागिएको हो ।

करिव ५ सय भन्दा बढी राख्न सक्ने क्षमताको यो सुधार गृह सम्पन्न गर्न ३ करोड भन्दा बढी रकम लाग्ने सुधार गृह निर्माण समितिका सदस्य रमेश बस्नेतले जानकारी दिए । स्थानीयले दिएको जग्गा र सरकारी गरी साढे सात कठ्ठा जग्गामा निर्माण गर्न लागिएको उनले बताए ।

नागरिकस्तरबाटै सुधार गृह निर्माण गर्न लागिएपछि विभिन्न व्यक्तिहरुले सहयोग रकम दिने घोषणा गरेका छन् । सोही अनुसार इटहरीका ठेकेदार भिम पौडेलले ५ लाख, धरानका ठेकेदार जनसेवक भण्डारी र निर्माण समितिका अध्यक्ष मनोज मेन्याङबोले एक-एक लाख दिने घोषणा गरेका छन् । यस्तै धरानकी शीला बज्राचार्य र सुनीता केसीले ५०-५० हजार रुपैया आर्थिक सहयोग गर्ने घोषणा गरेका छन् ।

शिलान्यास कार्यक्रममा डिआइजी सिलवालले सुधार गृह निर्माणमा नेपाल प्रहरीले पनि सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment