Comments Add Comment

भ्रष्टाचारी र कालोबजारीको सूची तयार गर्दैछौंः बुढा

११ माघ, पाल्पा । विप्लव नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टी माओवादीका नेता सन्तोष बुढामगरले अाफ्नाे पार्टीले  भ्रष्टाचार र कालोबजारी गर्नेहरुको सूची तयार गर्ने काम गरिरहेकाे बताएका छन् ।

माओवादी मगराँत राज्य समितिका इन्चार्जसमेत रहेका बुढाले पाल्पाको तानसेनमा पार्टीको जिल्ला वैठकको उद्घाटन गर्दै देशमा भ्रष्टाचारी र कालोबजारी मौलाउँदै गएकोले भ्रष्टाचारी र कालाबजारी गर्नेको सूची तयार पार्ने काम गरिएको बताए ।

उनले ग्यासको कृत्रिम अभावको सृजना गरेर दैनिक उपभोग्य वस्तुहरु ग्यास तथा पेट्रोल, डिजलको कालोबजारी रोक्न आग्रह गरे । उनले काठमाण्डौंमा कालोबजारी र कृत्रिम अभाव सृजना गर्ने व्यवसायीबाट कब्जा गरेर ग्याँस जनतालाई वितरण गर्ने काम सुरु गरिसकिएको बताए ।

असंवैधानिक सरकारले गठन गरेको संविधान सभाले जनताको संविधान बनाउन नसक्ने भन्दै आफूहरुले पहिले नै बहिस्कार गरेको, त्यसको परिमाण अहिले अन्य संसदवादीदलले पनि अहिले आएर चाल पाएको उनको भनाई थियो ।
बुढाले संविधान सभामा रहेका एमाओवादी लगायतका दललाई संविधान सभा छोडेर आफूहरुको आन्दोलनमा साथ दिन आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment