Comments Add Comment

शीर्षनेताहरु भारतीय दूतावासमा भेला

१२ माघ, काठमाडौं । आपसमा एउटै टेबुलमा बस्न नसक्ने अवस्थामा पुगेका सत्ता पक्ष र विपक्षी दलका नेताहरु लैनचौरस्थित भारतीय दूतावासमा भेला भएका छन् ।

Indian-embassy-in-Nepalतर, उनीहरु त्यहाँ वार्ताका लागि नभई भारतमा गणतन्त्र स्थापनाको ६६ वर्ष पुगेको उपलक्षमा चियापानका लागि भेला भएका हुन् ।

संविधानसभामा नाराबाजीका वीच बहुमतीय प्रक्रिया अघि बढाएर विपक्षी दलहरुलाई चिढ्याएका सभाध्यक्ष सुवास नेम्वाङ पनि भारतीय दुतावासमा पुगेका छन् ।

भारतीय दूतावासले, सत्ता पक्ष र प्रतिपक्षका नेता एवं विभिन्न साना दलका नेतालाई लैनचौरमा निम्त्याएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment