Comments Add Comment

काँक्रेविहारको पुनःनिर्माण हुने

१२ माघ, वीरेन्द्रनगर। नेपालकै बहुचर्चित पुरातात्विक स्थल काँक्रेविहारको पुनःनिर्माण हुने भएको छ । पुरातत्व विभागले राष्ट्रिय योजना आयोगबाट काँक्रेविहार पुनःनिर्माणका लागि बजेट र योजना स्वीकृत गरेपछि काँक्रेविहार बन्ने भएको हो । 

surkhet-9

पुनःनिर्माणका लागि माघ महिनाभित्र बोलपत्र आह्वान गरी सम्झौता हुनासाथ काम सुरु हुने पुरातत्व विभागले जनाएको छ । बहुवर्षीय योजनामा राखेर रु नौदेखि रु ११ करोडसम्मको लागतमा काँक्रेविहार पुनःनिर्माण गरिने र तीन वर्षसम्ममा पूरा गर्ने योजना बनाइएको छ । 

आयोगबाट स्वीकृति लिएपछि अर्थमन्त्रालयले बजेट निकास गर्ने भएकाले अब तीव्र गतिमा काम अघि बढ्ने विभागका महानिर्देशक भेषनारायण दाहालले बताउनुभयो । 

शिखर शैलीमा पुनःनिर्माण हुने काँक्रेविहारको संरचनामा अहिले अवशेषका रुपमा रहेका संरचनालाई नै प्रयोग गरिने उहाँले जानकारी दिनुभयो । 

पुरानै अवस्थाको वास्तविक रुपरङ्गमा काँक्रेविहारको पुनःनिर्माण गरिने बताउँदै उहाँले कुनै फेरबदल नगरिकन जस्ताको तस्तै बनाउने जानकारी दिनुभयो । 

सभासद् हृदयराम थानीको विशेष पहलमा योजना आयोगले बहुवर्षीय योजनाअन्तर्गत काँक्रेविहार पुनःनिर्माणको स्वीकृति र अर्थमन्त्रालयले बजेट दिएको हो । 

काँक्रेविहार भग्नावशेषको २०५७ साल फागुन ११ गतेदेखि उत्खनन गरी दुई हजार २८ वटा पुरातात्विक वस्तुहरु निकालिएको थियो । उत्खननस्थलमा पुरातत्व विभागले २०६१ साल मङ्सिरदेखि शिखर शैली मन्दिर बनाउन काम सुरु गरिएको थियो । काँक्रेविहार कहिले र कसले बनाएको र कसरी भग्नावशेष भयो भन्नेबारे सबैको एकमत छैन । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment