Comments Add Comment

रित्ता सिलिन्डरसहित आयल निगममा क्रान्तिकारीको धर्ना

LP-gas-cilinder१४ माघ, काठमाडौं । एकीकृत नेकपा माओवादी निकटको विद्यार्थी संगठन अखिल क्रान्तिकारीले आज ग्यास आपूर्ति सहज पार्न माग गर्दै प्रदर्शन गर्ने भएको छ ।

क्रान्तिकारीले रित्ता सिलिन्डर सहित दिउँसो १२ बजे माइतीघर मण्डलादेखि आयल निगमको केन्द्रीय कार्यालय बबरमहलसम्म प्रदर्शन गर्न लागेको हो ।

आयल निगममा रित्ता सिलिन्डरसहित एक घन्टा धर्ना दिने अखिल क्रान्तिकारीका संयोजक रमेश मल्लले जानकारी दिए ।

खाना पकाउने ग्यासको सहज आपूर्ति मिलाउन तथा व्यापारिक र घरायसी प्रयोजनमा प्रयोग हुने सिलिन्डरको दोहोरो मूल्य निर्धारण गर्न माग गर्दै प्रदर्शन गर्न लागेको मल्लले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment