Comments Add Comment

मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु

१४ माघ, धनगढी । कैलालीको टीकापुरमा मोटरसाईकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । बुधबार विहान गाडामा ठोक्किएर मोटरसाइकल दुर्घटना हुँदा चालक पथरैयाका १८ वर्षीय एकेन्द्र जैसीको मृत्यु भएको हो ।

यसैगरी धनुषाको गणेशमान चारनाथमा भारतीय नम्बरको ट्रक दुर्घटना हुँदा दुईजना घाइते भएका छ । भारतबाट कोईला लिएर महोत्तरी तर्फ आउदै गरेको ट्रकको पाङ्ग्रा पन्चर भएर बुधबार विहान ५ बजे पल्टिँदा चालक भारतिय नागरीक ३५ वर्षीय कर्मजित सिंह र परिचालक २२ वर्षीय सचिन कुमार घाइते भएका हुन् ।

घाईते दुवैलाई उपचारको लागि वीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान पठाईएको छ । प्रहरीका अनुसार घाईतेमध्ये सिंहको अवस्था गम्भिर छ ।

यसैगरी बाँकेको नेपालगन्जबाट जाजरकोट जाँदै गरेको भे १ च १६२६ नम्बरको जीपले कोहलपुरमा ठक्कर दिँदा चिसापानीका २४ वर्षीय फिलिप महरा घाइते भएका छन् । घाइते महराको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमा उपचार भैरहेको छ ।

उनी कोहलपुर मेडिकल कलेजका बीबीएस पहिलो बर्षका विद्यार्थी हुन् । ठक्कर दिने जिप र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment