Comments Add Comment

शिशु जन्माई मारेर फाल्ने महिला पक्राऊ

१४ माघ, केरावारी (मोरङ) । गत शुक्रवार नावालक शिशुलाई जन्म दिई खदम खोलास्थित वगरमा मारेर फालेेका एक महिलालाई इलाका प्रहरी कार्यालय केरावारीले पक्राउ गरेकाे छ ।

स्थानीय व्यक्तिसँंग भएको अनैतिक सम्वन्धका कारण गर्भ वस्न रहेपछि वगरमा गई शिशु जन्माई वालुवाले पुरेर हत्या गरेको वयानको आधारमा केरावारी ८ की मनकुमारी लिम्बुलाई सोमवार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनले शुक्रवार वच्चा जन्माएर खदम खोलास्थित दीपक गौंडा नजिकै वालुवाले पुरेर फालेको अवस्थामा स्थानीयले शिशु फेलापारी प्रहरीलाई खवर गरेका थिए । बच्चा फाल्ने महिलाका श्रीमान अढाई वर्षअघि वैदेसिक रोजगारीमा छन् ।

पक्राउ परेकी लिम्वुलाई म्याद थप गरी व्यक्ति हत्याको विरुद्धमा मुद्दा दर्ता गरिएको इलाका प्रहरी कार्यालय वेलवारीका प्रहरी निरीक्षक दुर्गा दाहालले वताए ।

–किशन शाहीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment