Comments Add Comment

एमाओवादीले संसद र संविधानसभाका समिति बहिस्कार गर्ने

१४ माघ, काठमाडौं । एकीकृत नेकपा माओवादीले संविधानसभा र व्यवस्थापिका संसद अन्तरगतका सबै समिति बहिस्कार गर्ने निर्णय गरेको छ । बुधबार विहान बसेको संसदीय दलको बैठकले समितिहरुको बैठक बहिस्कार गर्ने निर्णय गरेको हो ।

Prachandaमाओवादीले बहिस्कार घोषणा गरेपछि व्यवस्थापिका संसद अन्तरगतका दुई महत्वपूर्ण समितिहरु सार्बजनिक लेखा समिति र परराष्ट्र तथा श्रम सम्वन्ध समिति अन्तरगतका कामकारवाही प्रभावित हुने भएका छन् । लेखा समितिको सभापति जनार्दन शर्मा र परराष्ट्र समितिको सभापति प्रभु साह छन् ।

संविधानसभामा आफूहरुलाई ‘बायस’ गरेर एकलौटी रुपमा बहुमतीय प्रक्रिया अघि बढाइएको भन्दै एमाओवादी रुष्ट भएको छ ।

गाउँ जान निर्देशन

संसदीय दलका नेता तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ‘गाउँ गाउँ गएर जनतासँगको सम्वन्ध सुधारमा लाग्न सभासदहरुलाई निर्देशन दिएका थिए । ‘जनतामा जाने उपयुक्त अवसर यही हो, अब हामी गाउँ गाउँ जाऔं,’ बैठकमा प्रचण्डको भनाइ उद्धृत गर्दै सभासद दलजीत श्रीपाईलीले भने ।

प्रचण्डले आफूहरु राजनीतिको जटिल मोडमा रहेको भन्दै हालसम्मका उपलब्धी रक्षा गर्ने चुनौति रहेको बताएका थिए ।

केन्द्रीय समिति बैठक आह्वान

एमाओवादीले सत्ता साझेदार दलहरु विरुद्ध आन्दोलनमा जानुको विकल्प नभएको ठहर गरेको छ । आन्दोलनका आगामी कार्यक्रम लगायतका विषयमा छलफल गर्न विहीबार केन्द्रीय समितिको बैठक बोलाइएको छ ।

केन्द्रीय समिति बैठकबाट संसद र संविधानसभामा पार्टीको स्थान लगायतका विषयमा छलफल हुने एमाओवादीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment