Comments Add Comment

तिलौराकोट उत्खनबारे लुम्बिनीमा छलफल

१४ माघ, काठमाडौं । युनेस्को र ‘जापानिज फन्ड इन ट्रस्ट’को अगुवाइमा विश्व सम्पदा सूचिको संरक्षण कार्यक्रमअन्र्तगत भगवान वुद्घको जन्मस्थल लुम्विनीको संरक्षण तथा व्यवस्थापनसम्बन्धी गोष्ठी हालै लुम्विनीमा सम्पन्न भयो ।

Lumbini finalहालै भइरहेको तिलौराकोटको उत्खननमा पत्ता लागेका वस्तुहरुबारे  गोष्ठीमा छलफल भएको थियो ।

कार्यक्रममा युनेस्कोका प्रतिनिधिका साथै जापानी दुतावास, जर्मन दुतावास, आइयुसिएन, एडीबी र डब्ल्युएफएफका प्रतिनिधिहरुको समेत सहभागिता थियो ।

लुम्बिनी विकास कोष, धर्मोदय सभा तथा विभिन्न मन्त्रालयका प्रतिनिधिहरु एवं स्वदेशी तथा विदेशी भिक्षुहरुले पनि वृहत लुम्बिनी विकासको संरक्षण सम्बर्धन तथा व्यवस्थापन सम्बन्धमा आ-आफ्नो विचार धारणा राखेका थिए ।

कार्यक्रममा प्रधानमन्त्रीका विकास तथा सामाजिक क्षेत्र सल्लाहकार डा. विजन पन्तले प्रधानमन्त्रीका तर्फबाट कार्यक्रमका विषय र सफलताका लागि आयोजकलाई धन्यवाद दिँदै सरकारी निकायसम्म यस कार्यक्रमबाट निस्केका निष्कर्षलाई पुर्‍याउने बताए ।

डा. पन्तले वुद्धको जन्मस्थल लुम्बिनीलाई बहुआयामिक दृष्टिकोणबाट बुझ्न र बुझाउन जरुरी रहेको कार्यक्रममा बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment