Comments Add Comment

चेक गणतन्त्रका उद्योग वाणिज्यमन्त्री राजधानीमा

१५ माघ, काठमाडौँ । युरोपेली मुलुक चेक गणतन्त्रका उद्योग वाणिज्यमन्त्री यान मलाडेक ३९ सदस्यीय उच्च प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपालको दुईदिने औपचारिक भ्रमणमा आज बिहान राजधानी आएका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उहाँलाई परराष्ट्र मन्त्रालयका सहसचिव एवम् युरोप–अमेरिका महाशाखा प्रमुख निर्मलराज काफ्ले, नेपालका लागि चेक गणतन्त्रका अवैतनिक वाणिज्यदूत विष्णुकुमार अग्रवाल तथा परराष्ट्र मन्त्रालयका अधिकारीहरूले स्वागत गरे ।

नेपालको आर्थिक सामाजिक विकासका साथै लगानीका विविध क्षेत्र पहिल्याउन आजैै अर्थमन्त्री डा रामशरण महतसँग चेक मन्त्रीको वार्ता हुनेछ ।

चेक गणतन्त्रले नेपालमा जलस्रोत, सडक, खाद्यउद्योगलगायत क्षेत्रमा संयुक्त लगानीका परियोजना सञ्चालनमा अभिरुचि देखाएको छ । संयुक्त लगानीका परियोजनाको पहिचान तथा तीबारे आवश्यक जानकारी लिन उक्त मुलुकका प्रतिष्ठित उद्योगपति एवम् व्यापारी पनि मन्त्री मलाडेकसाथ आएका छन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment