Comments Add Comment

कर्मचारी भर्ना प्रक्रियाविरुद्ध अख्तियारमा उजुरी

१५ माघ, भीमदत्तनगर । उच्च माध्यमिक शिक्षा परिषद् डडेल्धुरा शाखामा प्रतिस्पर्धाबिना कर्मचारी भर्ना गरेको भन्दै जिल्लास्थित विभिन्न विद्यार्थी सङ्गठन र युवा सङ्गठनहरुले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका छन् ।

उच्च माध्यमिक शिक्षा परिषद्ले डडेल्धुरामा खोलेको कार्यालयमा १२ जना कर्मचारी बिनासूचना प्रतिस्पर्धाको हकलाई कुण्ठित गरेर भर्ना गरेको भन्दै जिल्लास्थित पाँच विद्यार्थी सङ्गठन र पाँच युवा सङ्गठनले अख्तियारको क्षेत्रीय सम्पर्क कार्यालय कञ्चनपुरमा उजुरी दिएका हुन् ।

उजुरी दिनेमा अनेरास्ववियु, अखिल क्रान्तिकारी, राष्ट्रिय प्रजातन्त्र पार्टी विद्यार्थी सङ्गठन, अखिल छैटौँ विद्यार्थी सङ्गठन रहेका छन् भने युवा सङ्घ नेपाल, वाइसिएल नेपाल, राष्ट्रिय युवा जनस्वयम्सेवक, राष्ट्रिय प्रजातान्त्रिक युवक सङ्गठन र अखिल नेपाल युवक सङ्घ डडेल्धुरा पनि रहेका छन् ।

यसैगरी कर्मचारी भर्ना छनोट प्रक्रिया तत्काल खारेज गर्न तिनै विद्यार्थी सङ्गठन र युवा सङ्घहरुले मागसमेत गरेका छन् । यसैगरी यातायात व्यवस्था कार्यालय कञ्चनपुरले अनियमित तरिकाले चालक अनुमतिपत्र वितरण गरेको विषयमा अख्तियारले छानबिन सुरु गरेको अख्तियारले जनाएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment