Comments Add Comment

चोरेको मोटरसाईकल लिएर भाग्दा एकको मृत्यु

१६ माघ, दाङ । दाङमा मोटरसाईकल दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ । मोटरसाइकल चोरेर भाग्दै गरेका त्रिपुर नगरपालिका १० ढिकपुर पोखराका २९ वर्षका आषिश चौधरीको मृत्यु भएको हो ।

उनले त्रिपुर नगरपालिका १० निवासी सन्दिप शाहको सुगम ईटा उद्योगमा राखिएको रा २ प २६६६ नम्बरको मोटरसाईकल लिएर भागेका थिए । सो मोटर साईकल चोरीको भएको प्रहरीले बताएको छ ।

बिहीबार राति मोटरसाईकल चोरी गरी भागेका चौधरीको शुक्रबार बिहान तुलसीपुर नगरपालीका १५ पर्सेनीमा दुर्घटनामा परेको अबस्थामा शब भेटिएको इलाका प्रहरी कार्यालय तुलसिपुरले जानकारी दिएको छ ।

चौधरीको टाउको र खुट्टामा चोट लागेको छ । सडकदेखि ६ मिटर टाढा स्थानीयले चौधरीको शब र मोटरसाईकल देखेपछि प्रहरीलाई खबर गरेका थिए । भाग्ने क्रममा तीब्र गतिमा रहेको मोटरसाईकल अनियन्त्रीत भएर दुर्घटनामा परेको हुन सक्ने इलाका प्रहरी तुलसिपुरका प्रमुख डीएसपी चक्रराज जोशीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment