Comments Add Comment

फागुन १ देखि बिजुलीको पोलबाट तारका गुजुल्टा हटाइने

१६ माघ, काठमाडौ । नेपाल विद्युत प्राधिकरणले विद्युतको तारका लागि प्रयोग भएका पोलमा अनेकथरिका तारहरु नटाँग्न आग्रह गरेको छ ।

cable

प्राधिकरणले बिजुलीको तार टाँगिएको पोलबाटै टीभी, इन्टरनेट, टेलिफोन तथा केवल नेटवर्कका तारहरुले सहरबजार कुरुप हबनाएको भन्दै त्यस्ता केवल तारहरु हटाउन आग्रह गरेको हो ।

विजुलीको तार जडान गरिएको विजुलीको पोलबाट अन्य प्रयोजनका केवल तारहरु नहटाइए आगामी फागुन १ गतेदेखि आफैले हटाइदिने विद्युत प्राधिकरणले जनाएको छ ।

विद्युत प्राधिकरणबाटै स्वीकृति लिएर जडान गरिएका अन्य प्रयोजनका तारहरुमा भने स्वीकृति लिए अनुसारको ट्याग नेपाल विद्युत प्राधिकरणको सम्बन्धित केन्द्रबाट लिई अनिवार्य केवलमा राख्न आग्रह गरेको छ ।

नेपाल विद्युत प्राधिकरणको वितरण लाइनको कन्डक्टर/केबलभन्दा माथि कुनै पनि सेवा प्रदायकको तार राख्न प्राधिकरणले रोक लगाएको छ ।

चार सय भोल्ट वितरण लाइन र ११ केभी कप्पोजिट लाइनमासमेत अन्य सेवा प्रदायकको तार प्रयोग गर्न नदिइने प्राधिकरणले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment