Comments Add Comment

कर्मचारीबाटै असुरक्षित हुँदै बैंक

१७ माघ, काठमाडौं । बैंकमा भएका लुटपाटका घटनामा बैंकका कर्मचारी नै संलग्न हुनेक्रम बढिरहेको छ । पछिल्लो समय खराब नियत भएका कर्मचारी कै कारण बैंकको प्रतिष्ठा गुम्दैमात्र गएको छैन् कर्मचारीबाटै बैंक असुरक्षित बन्दै पनि गएकेा नयाँ पत्रिकामा खबर छ । गलत काम गर्ने कर्मचारीलाई निगरानी गर्ने संयन्त्र नबन्दा यस्ता अपराध बढ्दै गएको प्रहरी अधिकारीहरु बताउँछन् ।

मेगा बैंकमा गत वर्ष भएको २ करोड ९ लाख रुपैयाँ ठगीको वास्तविकता प्रहरीले एक वर्षपछि गत साता पत्ता लगायो । अनुसन्धानका क्रममा बैंककै प्रबन्धक शम्भुबहादुर थापाको मिलेमतो र बैंकका पूर्वकर्मचारी राजेन्द्र पाण्डेको मिलेमतोमा उक्त घटना भएको खुल्यो । प्रहरीले थापा र पाण्डे दुवैलाई हिरासतमा लिई अनुसन्धान अघि बढाएको छ ।

हिमालयन बैंकका आइटी विभागका कर्मचारुी अनिशभक्त सुवाल बैंकलाई ५ करोड ७५ लाख रुपैयाँ गठी गरेर तीन वर्षअघि फरार भए । भारतमा लुक्दै आएका उनलाई प्रहरीले गत १४ मंसिरमा पक्राउ गर्‍यो । बैंकलाई सुइँकोसमेत नदिई उनले वर्षौसम्म गोप्य तरिकाले एटिएममार्फत रकम हिनामिना गर्दै आएका थिए ।

त्यस्तै २ मंसिरमा रौतहटको चन्द्रनिगाहापुरस्थित एसबिआई बैंकमा गार्डलाई गोली हानेर २० लाख रुपैयाँ डकैटी भयो । इन्फास्टक्चर डेभलपमेन्ट बैंकले पैसा निकालेर बैंकबाट निस्कँदै गर्दा गोली हानी पैसा लुटिएको थियो । उक्त घटनामा इन्फ्रास्टक्चर बैंकका कर्मचारी शम्भु थापाको मिलेमतो रहेको अनुसन्धानबाट खुलेको छ ।

यसरी विभिन्न बैंकमा भएको चोरी तथा लुटपाटका घटनामा कुनै न कुनै रुपमा बैंकका कर्मचारी नै मिलेका कारण बैंकहरु दिनप्रतिदिन कर्मचारीबाटै असुरक्षित बन्दै गएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment