Comments Add Comment

कैलाशको प्रवेशद्वारमा १७ वर्षपछि भव्य मेला

Huti-Mela-Darchula-FINAL

  • हुती गाउँमा लागेको मेलामा सहभागीहरु

१९ माघ, दार्चुला । विश्वका हिन्दू र बौद्धमार्गीहरुको पवित्र तीर्थस्थल कैलाश मानसरोवरको मुख्य प्रवेशद्वार मानिने दार्चुलाको हुती गाउँस्थित ब्रम्हदेवताको मन्दिरमा १७ वर्षपछि हजारौं श्रद्धालुले पूजाआजा गरेका छन् ।

विक्रम संवत् २०५६ सालको जगेनी जात्रापछि पहिलोपटक यसपाली हुती गाउँमा मेला लागेको हो । जगेनी जात्रामा बिशेष गरी ब्रम्हाको पूजा अर्चना गर्नुका साथै छिमेकी गाउँ धौलकोटस्थित दुर्गा भवानीको पनि पूजा अर्चना गर्ने चलन रही आएको छ ।

करीव पचास हजार भन्दा बढीको संख्यामा उपस्थित भक्तजनहरुको भीडमा भारतको पिथौरागढ लगायतका स्थानबाट पनि ठूलो संख्या मिसिएको थियो ।

छिमेकी मुलुक भारतका गाउँहरुबाट आउने भक्तजनहरु महाकाली नदीमा राखिएको तुइनमा झुण्डिएर जगेनी मेला भर्न आएका छन् । जोगेनी जात्रा नेपाल र भारतका हिन्दू धर्माबलम्बीहरुको साझा पर्व हो । पचास हजार भन्दा बढि भक्तजन एकसाथ जम्मा हुने सुदूरपश्चिमको सम्भवतः यो सबैभन्दा ठूलो मेला हो ।

जगेनी जात्रा कहिलेदेखि शुरु भयो भन्ने यकिन छैन । स्थानीय ब्रम्ह देवताका धामी गजेन्द्र सिंह कँुवरका अनुसार बाजे बाराजुको पालादेखि निरन्तर चलिरहेको छ ।

हिमालको काखमा बसेको सो मन्दिरको पूर्वोतर डाँडामा मलिकार्जुन मन्दिरका साथै सुन्दर पहाड दम्दाकोट छ । मन्दिरबाट पश्चिममा भारतीय गाउँ जुमा छन् भने उत्तरमा हिमाल र तल फेदीमा महाकाली नदी बगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment