Comments Add Comment

उद्योगमै पुगेर होटलवालाले ग्यास किनेपछि…..

२० माघ, धरान । भानुचोकस्थित धरान किचनका सञ्चालक कृष्ण पाठकले सोमबार कोशी ग्यासको उद्योगमै पुगेर ३२ सिलिण्डर ग्यास  किनेर ल्याए । किनेको ग्यास होटलमा थन्क्याउनै लाग्दा सर्वसाधारणहरु भने ग्यास आएछ भन्दै भीड लागेका थिए ।

विराटनगरस्थित कोशी ग्यास उद्योगमै पुगेका पाठकले सिलिण्डरको बिर्को भने उप्काएर खाली सिलिण्डर जस्तै देखिने गरी गाडीमा ल्याएका थिए ।koshi-gas

पाठकले किनेको ग्यास होटलमा भित्र्याउन थालेपछि सर्वसाधारण भने ग्यास वितरण भएको ठानेर भीड लागेका थिए । तर, सबै सिलिन्डर होटलमा लगिएपछि सर्वसाधारण आक्रोशित बने ।

जनताका घरमा बिहान-बेलुका एकछाक खाना पकाउन पनि नपाइरहेको अवस्थामा ठूला होटललाई चाहिए जति ग्यास दिएर उद्योगले कालोबजारी गरेको भन्दै सर्वसाधारण आक्रोशित भएका थिए । ग्यासमा मनपरि व्यापार हुँदा पनि प्रशासन मूकदर्शक बनेको स्थानीय नीर राईले बताए ।

धरान किचनका सञ्चालक पाठक भने ग्यास उद्योगले बजार मूल्यमै आफूलाई ३२ सिलिण्डर उपलब्ध गराएकाले उद्योगमै पुगेर ल्याएको तर आफुले कुनै कालोबजारी नगरेको बताए ।

कोसी ग्याँस उद्योगका म्यानेजर सतिश उपाध्यायले पनि देशमा ग्याँसको अभाव नभएको भन्दै कसैलाई ग्यास चाहिए आफूहरुले उपलब्ध गराउने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment