Comments Add Comment

जानकी मेडिकल कलेजका विद्यार्थीको ३५ लाख जोखिममा

२१ माघ, जनकपुरधाम । जानकी मेडिकल कलेजका विद्यार्थीले पठनपाठन नियमित गर्न प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण गराएका छन् । चालु शैक्षिक वर्षमा एक महिनापनि नियमितरुपमा पठनपाठन हुन नसकेको भन्दै विद्यार्थीले प्रजिअलाई ध्यानाकर्षण गराएका हुन् ।

JANAKI-MEDICAL-COLLEGEपछिल्लो पटक गत पुस महिनामा ठप्प भएको पठनपाठन हालसम्म सुचारु हुन नसकेको विद्यार्थीले जानकारी दिएका छन् ।

लाखौं खर्चेर चिकित्साशास्त्र अध्ययन गर्न नेपाल र भारतका विभिन्न स्थानबाट सयौंको सङ्ख्यामा विद्यार्थी सो कलेजमा भर्ना भएका छन् ।
भर्ना लिइसकेका विद्यार्थी पठनपाठन नहुँदा अन्यौलमा परेका छन् । रकम बुझाइसकेकाले घर फर्किने अवस्था पनि छैन । उनीहरु यहाँबाट फर्केर जाँदा कम्तीमा रु ३५ लाख डुब्ने बताइएको छ ।

पुरानो सञ्चालकले बिक्री गरिसकेपछि नयााँ सञ्चालकले सबै कर्मचारी, चिकित्सकको तलबभत्ता उपलब्ध गराउने आश्वासन दिएपछि पठनपाठन सुरु भएको थियो । तर, नेपाल मेडिकल काउन्सिल र त्रिभुवन विश्वविद्यालयले भर्नामा रोक लगाएपछि नयाँ व्यवस्थापन पक्ष पछि हटेको बुझिएको छ ।

यस्तै, सोही कलेजद्वारा सञ्चालित सिटी हस्पिटलका कर्मचारीले तलबभत्ताको माग गर्दै अनिश्चितकालका लागि बन्द गरेको अस्पताल पनि हालसम्म खुलेको छैन ।

प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद ढुङ्गानाले कलेजमा विद्यमान समस्याका सन्दर्भमा आवश्यक जानकारी लिई पठनपाठन नियमित गर्नेतर्फ प्रयास गरिने बताए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment