Comments Add Comment

एमबिबिएस कक्षाको अनुमति दिदाँ अनियमिता गर्ने १७ विरुद्ध भ्रष्टाचारको मुद्दा

२१ माघ, काठमाडौं । देबदह मेडिकल कलेज, रुपन्देहीलाई एमबिबिएस कक्षा संचालन गर्न अनुमति दिँदा अनिमयमितता भएको दाबीसहित अख्तियार दुरूपयोग अनुसन्धान आयोगले काठमाण्डौं विश्वविद्यालयका प्रवन्धकसहित १७ जना विरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।

फाइल फोटो
फाइल फोटो

काठमाण्डौं विश्वविद्यालयका प्रवन्धक, प्रधुम्न श्रेष्ठ, परीक्षा नियन्त्रक डा. पन्ना थापा, नेपाल मेडिकल काउन्सिलका उपाध्यक्ष अनवर एलाही अन्सारी र ६ सदस्य, चिकित्साशास्त्र अध्ययन संस्थान, महाराजञ्ज क्याम्पसका प्राध्यापक रजनिस जिन्दल, देबदह मेडिकल कलेजका सञ्चालक हिमलाल ज्ञवाली र अध्यक्ष निलकण्ठ काफ्ले लगायत विरुद्ध मुद्दा परेको हो ।

अख्तियारका अनुसार देबदह मेडिकल कलेजलार्इ एमबिबिएस कक्षा सञ्चालनका लागि शिक्षा मन्त्रालयले मनशायपत्र दिएपछि मापदण्ड पुरा गरेरनगरेकोबारे अध्ययन गर्न काठमाण्डौ विश्वविद्यालयका प्रा. डा. पन्ना थापा समेतको ४ सदस्यीय टोली गएको थियो भने मेडिकल काउन्सिलले डा. मनोहर प्रधानको नेतृत्वमा टीम खटाएको थियो ।

तर, दुवै टोलीले अध्ययन नै नगरी कलेजले उपलब्ध गराएका झुठ्ठा एवं काल्पनिक विवरणलाई आधार मानेर ५० जना विद्यार्थीका लागि एमबिबिएस कक्षा संचालन गर्न अनुमति दिन मिल्ने भनी कलेजमा कार्यरत नभएका तथा काठमाण्डौं विश्वविद्यालयबाट पद स्वीकृतिका लागि सिफारिस गरिएका बिषय शिक्षक अनुसार नभएका विषय शिक्षकहरु कार्यरत रहेको भनी गलत प्रतिवेदन पेश गरेको र कलेज संचालक पदाधिकारीहरुको अनुचित प्रभावमा परी गलत प्रतिवेदन पेश गरेको पाइएको अख्तियारले जनाएको छ ।

अख्तियारले देवदह मेडिकल कलेजमा हालसम्म भर्ना भएका विद्यार्थीहरुको हकमा देवदह मेडिकल एण्ड रिसर्च ईन्स्टिच्यूटसँग भएको सम्झौताको अनुसार अध्ययनको व्यवस्था मिलाउन काठमाण्डौ विश्व विद्यालयलाई निर्देशन दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment