Comments Add Comment

युवा संघको नेतृत्वबाट महेश बस्नेत बिदा

२१ माघ, काठमाडौं । एमाले सम्बद्ध युवा संघ नेपालको अध्यक्षबाट महेश बस्नेतले दिएको राजीनामा पदाधिकारी बैठकले स्वीकृत गरेको छ । त्यस्तै उपाध्यक्ष झपट रावलले पनि उमेरका कारण राजीनामा दिएका छन् ।

Mahesh-basnet-and-niru-pal
महेश बस्नेत र निरू पाल

अध्यक्ष बस्नेत यसै महिनाबाट ४० वर्ष पुगेका हुन् भने रावल पनि ४० वर्ष पुगेकाले दुवैजनाले युवासंघबाट बिदा लिएका हुन् । युवा संघको विधानमा ४० वर्षभन्दा माथिकाले नेतृत्वमा बस्न पाइदैन ।

अध्यक्ष बस्नेतले राजीनामा दिएपछि युवा संघको अध्यक्षमा उपाध्यक्ष निरु पाललाई चयन गरिएको प्रचार बिभाग प्रमुख प्रभातविक्रम कटवालले बताए ।

रिक्त दुई उपाध्यक्षमा सचिव सरोजदिलु विश्वकर्मा र कोषाध्यक्ष गोविन्द थापा बढुवा भएका छन् । त्यस्तै विश्वकर्मा बढुवा भएपछि रिक्त रहेको सचिव पदमा अनेरास्ववियुका पूर्व सचिव वचनवहादुर सिंहलाई मनोनित गरिएको छ ।

कोषाध्यक्षमा माधव बास्तोलालाई मनोनित गरिएको छ भने प्रभातविक्रम कटवाल स्थायी समिति सदस्यमा बढुवा भएका छन् ।

पदाधिकारी बैठकको निर्णयलाई केन्द्रीय कमिटी बैठकले अनुमोदन गर्नुपर्नेछ । पदाधिकारी बैठकमा पार्टीका निर्वाचन आयोग प्रमुख सोमनाथ प्यासी र युवा संघका इन्चार्ज शेरवहादुर तामाङ पनि सहभागी थिए ।

नेपाल पक्षको असहमति

यसैबीच निरु पाललाई अध्यक्ष बनाउने निर्णयप्रति उपाध्यक्ष दिलु पन्त तथा सचिव हस्त शाही, नरेश चन्द लगायत केही पदाधिकारीले असहमति जनाएका छन् ।

उनीहरुले पदाधिकारी बैठकले अध्यक्ष लगायत पदाधिकारी चयन गर्न नपाउने भन्दै असहमति जनाएका हुन् ।

असहमति जनाउनेहरु पार्टीभित्र माधव नेपाल पक्षधर मानिन्छन् । तर नेपाल पक्षकै उपाध्यक्ष राजु गुरुङ, सूर्य ढकाल लगायतले भने असहमति जनाएका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment