Comments Add Comment

प्राचीन बुद्धको मूर्तिसहित ७ जना पक्राऊ

आरपी सुवेदी
२२ माघ, बाँके । तीन सय बर्ष पुरानो बुद्धको मूर्तीसहित ७ जनालाई ईलाका प्रहरी कार्यालय कोहलपुरले पक्राउ गरेको छ । अष्ट धातुले बनेको प्राचिन मूर्तीसहित पक्राउ पर्नेमा दुईजना महिला पनि छन् ।

Buddha-Murti
बरामद भएको मूर्ती

ईलाका प्रहरी कार्यालय बाँकेका ईन्चार्ज प्रहरी नायव उपरिक्षक (डिएसपी) जनकबहादुर शाहीले बाँकेको बैजापुर-३ सिनाघाटबाट ३ सय वर्ष पुरानो बुद्धको मूर्ति सहित ७ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको जानकारी दिए ।

पक्राउ पर्नेमा बाँके सितापुर-४ का नवराज योगी, सितापुर-५ की पद्मा चौधरी, निजगढ-६ बाराकी लक्ष्मी भण्डारी, सकला-२ जाजरकोटका शिव सिंह, कोटमौला-३ सल्यानका क्षेत्रबहादुर विसी, मैला-४ हुम्लाका विकास शाही र तिलन्दु-७ ओखलढुंगाका जितप्रसाद चौरेल छन् ।

उनीहरु बाँकेको अगैयास्थित होटल राप्ती रिभरसार्इड कटेजमा माघ ११-१२ गतेदेखि बस्दै आएका थिए ।

उनीहरुमाथि शंका लागेपछि प्रहरी चौकी गबारपुर अगैयाका प्रहरी सहायक निरीक्षक नन्दलाल ओली र हबल्दार धनबहादुर बुढाथोकीले पछ्याएका थिए । सोही क्रममा राति साढे १२ बजे प्राचिन बुद्धमुर्तिसहित ७ जनालाई पक्रन सफल भएको डिएसपी शाहीले जानकारी दिए ।

उनीहरुको साथबाट बरामद भएको मूर्ती ११ किलो ८ सय ९० ग्रामको छ ।  सो मूर्ती डोल्पाका बादल थापाबाट ८ हजार रुपैयाँमा किनेर ल्याएको उनीहरुले प्रहरीलाई बयान दिएका छन् । सो मूर्ती भारत लैजाने तयारीमा रहेको हुनसक्ने अनुमान गरिएको र थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment