Comments Add Comment

चेपाङ संरक्षण केन्द्रलाई फर्निचर र खाद्यान्न सहयोग

chepang

२३ माघ, चितवन । चितवनको रत्ननगर १० मंगलपुरमा रहेको गामबेसी चेपाङ संरक्षण केन्द्रलाई फर्निचरसहित खाद्यान्न सहयोग प्राप्त भएको छ ।
गुडमर्निङ योगा ग्रुपले संरक्षण केन्द्रलाई सात थान खाट, दुई थान दराज र १५ दिनलाई पुग्ने खाद्य सामग्री प्रदान गरेको छ ।
चेपाङ बालबालिकाको संरक्षणका लागि स्थापना भएको केन्द्रमा आश्रति बालबालिकालाई सुत्न खाट, सामान राख्ने दराज अभाव भएको थाहा पाएपछि आफूहरुलाई ग्रुपले सहयोग गरेको संरक्षण केन्द्रका अध्यक्ष केपीकिरण शमाले जानकारी दिए ।
उक्त चेपाङ संरक्षण केन्द्रमा चितवन र मकवानपुरका ७६ जना विपन्न चेपाङ बालबालिका आश्रय लिएर अध्ययन गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment