Comments Add Comment

रौतहटमा बेवारिसे शव भेटियो

गौतम श्रेष्ठ

२३ माघ, रौतहट । रौतहटमा एक बेवारिसे शव फेला परेको छ । बगही गाविसमा कुटपीट गरी हत्या गरेको अवस्थामा एक पुरुषको शव फेला परेको हो । शुक्रबार बिहान शौचमा गएका स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

झण्डै ३२ वर्ष उमेरका उक्त व्यक्तिको मुख, नाक र टाउकोमा चोट लागेको देखिएको छ । शवको प्रकृति हेर्दा कसैले मुडकीले हानेर हत्या गरेको हुन सक्ने प्रहरीको प्रारम्भीक अनुमान रहेको छ ।

‘शवको सनाखत अझै हुन सकेको छैन । हातहतियार र अन्य कुनै बस्तु भन्दा पनि मुक्का प्रहार गरेर हत्या गरेको जस्तो देखिन्छ,’ घटनास्थल पुगेका प्रहरी उपरिक्षक सानुबाबु थपलियाले भने ‘स्थानीय गाँउलेले पनि शवको पहिचान गर्न सकेका छैनन । मृत व्यक्ति को हुन भन्ने अनुसन्धान जारी छ ।’

मृतकका साथबाट पहिचान खुल्ने कुनै बस्तु फेला नपरे पछि प्रहरीले छिमेकी गाँउ भिमडाबर र महृमदपुरका स्थानीयबाट सोधपुछ गरेको थियो ।

घटनाका बारेमा अनुसन्धान शुरु गरेको र मृतकको सनाखतका लागी प्रहरी यूनिटहरुलाई समेत जानकारी गराएको थपलियाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment