Comments Add Comment

बाघ र गैंडाका लागि नेपाल सुरक्षित घर बन्दै

२४ माघ, काठमाडौं । विश्वमै दुर्लभ बन्न थालेका बाघ र गैंडाका लागि नेपाल सुरक्षित घर बनेको निष्कर्ष निकालिएको छ । शून्य शिकारम (जिरो पोचिङ) मा नेपालले लगातार दुई वर्ष सफलता पाएपछि यो निष्कर्ष निकालिएको हो ।

Tiger

काठमाडौंमा चार दिनसम्म भएको अन्तर्राष्ट्रियस्तरको सिम्फोजियमले नेपाल शून्य शिकारको सफतालतर्फ उन्मुख भएको र बाघका लागि सुरक्षित वासस्थान बन्दै गएको निश्कर्ष निकालेको विश्व वन्यजन्तु कोषका कार्यक्रम निर्देशक डा.घनश्याम गुरुङले जानकारी दए ।

‘जिरो पोचिङ, हामी संरक्षणकर्मीहरुको ठूलो सपना थिया, नेपाल विश्वमै यसका लागि उदाहरण बन्न सफल भएको निष्कर्षले हामी खुसी भएका छौं’ गुरुङले भने’अब हामी आइयुसिएनको ग्रीनपार्क लिस्टिङतर्फ अघि बढेका छौं’ ।
शून्य शिकारका लागि मुख्यतः ओटा पिलरमा रहेर काम गर्नुपर्ने निष्कर्ष निकालिएको छ । प्रबिधि, सहकार्य, कानुन कार्यन्वयन, सामुदायिक सहभागिता जस्ता विषयलाई प्राथमिकतामा राखिएको छ ।

यो अन्तर्राष्ट्रिय सिम्पोजियमले चितवन राष्ट्रिय निकुन्जलाई बाघ संरक्षणका लागि सबैभन्दा उपयुक्त स्थानको मान्यता दिएको छ । सम्मेलनले चितवन राष्ट्रिय निकुजन्जलाई कन्जरभेशन एस्योर्ड टाइगर स्टाण्डर्ड (क्याट)को मान्यता दिएको हो ।

। ‘यो एशियाभरिमै वन्जन्तु चोरी शिकारीको अन्त्यको शुरुवात हो’ विश्व वन्यजन्तु कोषका नेता माइक बाल्टरले भने ।
अब चितवन राष्ट्रिय निकुन्ज बाघ र गैंडाको सुरक्षित घर बनेको छ । तर यस क्षेत्रमा अझै धेरै काम गर्न बाँकी रहेको छ ।
सिम्पोजियममा नेपाल लगायत एशियाका १३ मुलुकका संरक्षणकर्मी तथा सरकारी अधिकारीहरुको सहभागिता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment