Comments Add Comment

बैंकहरुले घरजग्गामा ऋण बढाउन थाले

Final Real State

पुष्प दुलाल

२८ माघ काठमाडौं । वाणिज्य बैंकहरुले घरजग्गा (हाउजिङ तथा रियलस्टेट) मा ऋण बढाउन थालेका छन । लगानी योग्य रकमको पर्याप्तता (अधिक तरलता) भएपछि बैंकहरुले घरजग्गामा ऋण बढाएका हुन ।

यद्यपि बैंकहरुको लगानी राष्ट्र बैंकले तोकेको सीमाभित्रै छ । चालू आर्थिक वर्षको पुस मसान्तसम्मको वित्तीय विवरण सार्वजानिक गर्ने २५ बैंकहरुले घरजग्गामा ५२ अर्ब ५४ करोड ६२ लाख रुपैयाँ लगानी गरेका छन । यो गत वर्षको यसै अवधिको भन्दा २ अर्ब २५ करोड ३६ लाख रुपैयाँले बढी हो ।

पछिल्लो समयमा घरजग्गाको कारोबारमा केही सुधार आएकाले बैंकहरुको लगानी बढेको सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले अनलाइनखबरलाई बताए ।

‘घरजग्गाको कारोबारमा केही सुधार आएकोले सो क्षेत्रबाट कर्जाको माग बढिरहेको छ’ दाहालले भने- ‘अधिक तरलताको चापमा परेका बैंकहरु पनि घरजग्गामा कर्जा घटाउनतर्फ लागेनन् ।’

घरजग्गा क्षेत्रमा बैंकहरुले अत्यधिक लगानी गरेपछि २०६६ सालमा नेपाल राष्ट्र बैंकले यो क्षेत्रको लगानी कूल लगानीको २५ प्रतिशतमा झार्न निर्देशन दिएको थियो । राष्ट्र बैंकको निर्देशन पश्चात बैंकहरुले लगानी ठप्प पारेपछि घरजग्गा क्षेत्रमा मन्दी सुरु भएको थियो । जुन, हालसम्म पनि विद्यमान छ ।

डा. युवराज खतिवडा गभर्नर भएपछि घरजग्गा क्षेत्रको कर्जा प्रवाहमा बैंकहरुलाई सीमा तोकेका थिए । खतिवडाको कार्यकाल आगामी चैत ७ गते सकिँदैछ । (को बन्ला गभर्नर- राष्ट्र बैंकको गभर्नर बन्न १२ भाइको ‘लिगलिगे दौड)

नयाँ गभर्नरले घरजग्गा क्षेत्रको कडाईमा केही खुकुलो नीति अबलम्बन गर्ने अपेक्षामा चहलपहल सुरु भएको व्यवसायीहरु बताउँछन । ‘नयाँ गभर्नरले कडा नीतिलाई खुकुलो बनाउने आशा छ’ एक हाउजिङ व्यवसायीले भने ।

पुस मसान्तमा बैंकहरुसँग ७/८ अर्ब रुपैयाँ मात्रै अधिक तरलता रहेको र माघ तेस्रो सातासम्म आइपुग्दा तरलता ‘टाइट’ भएको दाहालले बताए । साउन भदौतिर बैंकहरुसँग ७०/८० अर्ब रुपैयाँ तरलता थियो । तरलता टाइट भएसँगै व्याजदर बढ्न थालेको दाहालले बताए ।

यो पनि पढ्नुहोस- ऋण लिने हो ? ढीलो नगर्नुहोस्, ब्याजदर बढ्दैछ

पाँच वर्षसम्मको घरकर्जाको ब्याजदर (प्रतिशतमा)

बैंक व्याजदर
स्टान्डर्ड चार्टड बैंक ७.७५ देखि १०
प्रभू बैंक ७.९९ देखि ९.५०
राष्ट्रिय वाणिज्य बैंक
हिमालयन बैंक ८.५०
नविल बैंक ९ देखि ९.७५
सानिमा बैंक ९ देखि १०
नेपाल बैंक ८.२४ देखि १०.५०
ग्लोवल आइएमइ बैंक ९ देखि१२
कृषि विकास बैंक १०
इन्भेष्टमेन्ट बैंक ११
एभरेष्ट बैंक १० देखि १४
लुम्बिनी बैंक ९.५० देखि १२
सिटिजन बैंक ९ देखि १४
बैंक अफ काठमाण्डू १३ देखि १४
नेपाल एसबिआई बैंक १३
सिद्धार्थ बैंक १२ देखि १३
एनएमबि बैंक ११ देखि १४.५०
एनआइसी एशिया बैंक ८.४९ देखि १५.९९
एनसीसी ११ देखि १३
माछापुच्छ्रे बैंक १० देखि १४
सनराइज बैंक ८.५० देखि ९
प्राइम बैंक १० देखि १२
लक्ष्मी बैंक ९ देखि १२
कुमारी बैंक ११ देखि १२
ग्रान्ड बैंक १२
एनबी बैंक ११ देखि १३
सिभिल बैंक ८.९९ देखि ९.९९
मेगा बैंक ९.५० देखि १२
जनता बैंक ११ देखि १२
सेञ्चुरी बैंक ९ देखि १२
स्टान्डर्ड चार्टड बैंक ७.७५ देखि १०

नेपाल राष्ट्र बैंकका अनुसार गत पुस ४ गतेसम्ममा बैंकहरुले १२ खर्ब ७५ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ९ खर्ब ९२ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन । पछिल्ला २४ हप्तामा ६७ अर्ब रुपैयाँले निक्षेप बढेको छ भने ९२ अर्ब रुपैयाँले कर्जा बढेको छ ।

‘राष्ट्र बैंकको तथ्यांकले पछिल्लो समयमा बैंकहरु कर्जा प्रवाहमा आक्रमक भएको देखाउँछ’ दाहालले भने- ‘यस क्रममा बैंकहरुले अघिल्ला वर्षहरुमा घटाएको रियलस्टेटतर्फको यो वर्ष घटाएनन ।’

कुन बैंकको रियलस्टेट कर्जा कति ? (रु हजारमा)

बैंक ०७० पुस ०७१ पुस
नविल ४७३५८०६ ४६७३८४३
इन्भेष्टमेन्ट ५६९५०८५ ४३१५०७४
प्राइम ३७८४०३६ ४०१३७२९
सिद्वार्थ ३५२३२६६ ३११६७२६
सिटिजन्स २७०६०८९ ३२४७७५८
हिमालयन ३०६०८८१ २७६६५२९
प्रभू १९२६०२१ २२२४५६१
एनआइसि एसिया २४४८३९० २७१५०३३
माछापुच्छ्रे २४४७५७० २४८१४६९
एभरेष्ट १७९६७७० २७४६४४३
सनराइज २४५४५५३ १८६९५९८
कुमारी २१०५५९७ २१०६११२
एनसीसी १२६०००० ९१००८९
लुम्बीनी १३३६३३४ १४२५६३७
एसबिआइ १२९१९५४ १८०९९०६
लक्ष्मी १८४३५३० १२८१६७९
एनएमबि १२२६८३८ १४४०३९१
सिभिल १८०७७४८ १५२२७७६
सानिमा ८३४५९५ १६६५२२३
ग्लोबल आइएमइ ९३५५४६ १७३३९३०
एनबी ६६७१४० १३७४७४०
जनता ७५२७४२ १०३७०२४
बैंक अफ काठमाण्डू ९१००८९ ९६९४९१
सेञ्चुरी ३७४८६० ७८२६४७
मेगा ३६७१४८ ३१५८३४
कूल ५०२९२५८८ ५२५४६२४२

यो पनि पढ्नुहोस- छ महिनामा २० बैंकले सवा ८ अर्ब कमाए (ग्राफसहित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment