+
+

छ महिनामा २० बैंकले सवा ८ अर्ब कमाए (ग्राफसहित)

२२ माघ, काठमाडौं । अधिक तरलता (लगानी योग्य पुाजीको पर्याप्तता)को समस्याबाट ग्रसित भएपनि वाणिज्य बैंकहरुले सन्तोषजन नाफा कमाएका छन ।

बुधबारसम्म चालू आर्थिक वर्षको पुस मसान्तको अपरिस्कृत वित्तीय विवरण (वासलात) सार्वजानिक गर्ने २० वटा बैंकहरुले ८ अर्ब १६ करोड ७८ लाख रुपैयाँ खुद नाफा कमाएका हुन ।

अनलाइनखबर अनलाइनखबर
२०७१ माघ २२ गते ९:००

पुष्प दुलाल

२२ माघ, काठमाडौं । अधिक तरलता (लगानी योग्य पुँजीको पर्याप्तता)को समस्याबाट ग्रसित भएपनि वाणिज्य बैंकहरुले सन्तोषजन नाफा कमाएका छन ।

बुधबारसम्म चालू आर्थिक वर्षको पुस मसान्तको अपरिस्कृत वित्तीय विवरण (वासलात) सार्वजानिक गर्ने २० वटा बैंकहरुले ८ अर्ब १६ करोड ७८ लाख रुपैयाँ खुद नाफा कमाएका हुन ।

bank profit

हाल ३० वटा वाणिज्य बैंकहरु सञ्चालनमा रहेपनि बुधबारसम्ममा २० वटा बैंकले मात्रै पुस मसान्तको वासलात सार्वजानिक गरेका छन ।

नियामक निकाय नेपाल राष्ट्र बैंकले हरेक त्रैमास सकिएको ३५ दिनभित्र वित्तीय विवरण सार्वजानिक गरिसक्नुपर्ने व्यवस्था गरेको छ । जसअनुसार यो त्रैमासको वासलात सार्वजानिक गर्ने समय अझै दुई हप्ता छ ।

यस अवधिमा सबैभन्दा धेरै नाफा नविल बैंकले कमाएको छ । नविलले १ अर्ब ११ करोड २२ लाख रुपैयाँ नाफा कमाएको छ । धेरै नाफा कमाए पनि यो बैंकको नाफाको वृद्धदर भने कम छ । नविल बैंक सञ्चालनमा रहेका बैंकहरुमध्ये सबैभन्दा धेरै नाफा कमाउदै आएको बैंक हो । आव २०७०/०७१ मा बैंकले २ अर्ब ३२ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । र, सेयरधनीलाई सबैभन्दा धेरै अर्थात ६४ प्रतिशत प्रतिफल दिएको थियो ।

नेपाल राष्ट्र बैंकले निक्षेपमा दिने र कर्जामा लिने व्याज अन्तर (स्प्रेड दर) गत असार मसान्तभित्रमै ५ प्रतिशत कायम गर्न निर्देशन दिएपछि बैंकको व्याज आम्दानीमा परेको असरले नाफा कम मात्रै बढेको हो ।

ठूला र पुराना बैंकहरुलाई राष्ट्र बैंकले स्प्रेड दरले प्रभावित बनाउँदा नाफाको वृद्धिदरमा असर गरेपनि उनीहरुले नै धेरै नाफा कमाएका छन । धेरै नाफा कमाउने बैंकहरुमध्ये नेपाल इन्भेष्टमेन्ट बैंक दोस्रो र एभरेष्ट बैंक तेस्रो स्थानमा  छन । यस अवधिमा इन्भेष्टमेन्ट बैंकले ९६ करोड र एभरेष्ट बैंकले ७७ करोड नाफा कमाएका छन ।

त्यसैगरी, पछिल्लो समयमा उल्लेख्य प्रगति गरेका प्रभू बैंक र ग्लोबल आइएमई बैंक बीच नाफामा प्रतिस्पर्धा छ । दुबैं बैंकले ५४ करोड रुपैयाँ नाफा कमाएका छन । दुबैं बैंकले पछिल्लो समयमा मर्जरको नेतृत्व गरिरहेका छन । ग्लोबल आइएमइले अन्य तीन संस्थासहित कमर्ज एण्ड ट्रष्टलाई २०७० चैत २७ गते मर्ज गरेर एकीकृत कारोबार सुरु गरेको थियो । त्यसबेला कमर्ज एण्ड ट्रष्ट पनि नाफामा थियो ।

तर, घाटामा गएको किष्टसहित अन्य तीन संस्थालाई मर्ज गरेर प्रभू बैंकले ३०७१ भदौ ३० गतेदेखि एकीकृत कारोबार सुरु गरेको थियो । किष्टको स्वामित्व प्रभू समुहले लिएपछि बैंकको मुहार फेरिएको छ । (यो पढ्नुहोस- सफलताको कथाः डुबेको किष्टलाई प्रभुले गर्यो कायापलट )

सबैभन्दा कम नाफा सेञ्चुरी कमर्शियल बैंकको छ । यो बैंकले आव २०७०/०७१ मा पनि नाफा कमाउने बैंकमध्ये पछिल्लो स्थानमा थियो । सेञ्चुरी बैंकले यो पुसमा ९ करोड ९८ लाख १८ हजार रुपैयाा नाफा कमाएको छ । गत वर्षको यसै अवधिमा बैंकले ३ करोड ९५ लाख ३३ हजार रुपैयाा नाफा कमाएको थियो । यो बैंकको कारोबारको आकार पनि सानो नै छ ।

गत वर्षको पुसको भन्दा यो पुसमा जनता बैंकको नाफा साढे ७ सय प्रतिशतले बढेको छ ।  बैदेशिक मुद्रा कारोबारबाट हुने आम्दानीमा भएको वृद्धि, खुद व्याज आम्दानीमा भएको वृद्धि र संभावित जोखिम व्यवस्थाका लागि छुट्याइएको उल्लेख्य रकम फिर्ता (राइटव्याक) गरेपछि बैंकको नाफा उच्चदरले बढेको हो ।

गत वर्षको पुसमा बैदेशिक मुद्राको कारोबारमा ७ करोड रुपैयाँ नोक्सानी व्यहोरेको बैंकले यो पुसमा यस्तो कारोबारबाट २ करोड २२ लाख रुपैयाँ कमाएको छ । प्रमुख कार्यकारी अधिकृतमा डा। रमेश भट्टराई आएपछि बैंकमा सुधार आइरहेको छ । तत्कालीन प्रमुख कार्यकारी अधिकृत विजय पन्तले बैदेशिक मुद्राको कारोबारलगायतमा ९ करोड रुपैयाँ डुबाएका थिए ।

त्यसैगरी, नेपाल एसबिआई बैंकले ५३ करोड रूपैयाँ नाफा कमाएको छ । त्यस्तै, प्राईम बैंक   र एनअइसी एसिया बैंकले ३६ करोड रूपैयाँ नाफा कमाएका छन । माछापुच्छ्रे बैंकले ३४ करोड ४० लाख रूपैयाँ नाफा कमाएको छ । नेपाल बंगलादेश बैंकले ३३ करोड, सिटिजन्सले  र सानिमा बैंकले २८ करोड रूपैयाँ नाफा कमाएका छन ।

त्यस्तै, राष्ट्र बैंकले व्यवस्थापकीय जिम्मेवारी सम्हालेको एनसीसी बैंकले २५ करोड नाफा कमाएको छ । त्यसैगरी, सिभिल बैंकले साढे १७ करोड  कुमारी बैंकले १८ करोड रूपैयाँ नाफा कमाएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?