+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

बैंकको नाफा : ग्लोबल ५४ करोड, सानिमा २८ करोड र कुमारीको १८ करोड

अनलाइनखबर अनलाइनखबर
२०७१ माघ १२ गते १३:३७

Global, sanima and kumari bank
१२ माघ काठमाडौं । चालू आर्थिक वर्षको पुस मसान्तमा गत वर्षको सोही अवधिको तुलनामा बैंकहरुले नाफा बढाएका छन । सोमबार वित्तीय विवरण प्रकाशित गरेका तीन वटा बैंकमध्ये ग्लोबल आइएमइको नाफा १ करोड रुपैयाँले मात्रै बढेको छ भने सानिमा र कुमारी बैंकको नाफा उल्लेख्य बढेको छ ।

व्याज आम्दानी र संभावित जोखिम व्यवस्थाका लागि छुट्याइएको रकम फिर्ता (राइटव्याक) नै नाफाको मुख्य आधार देखिएको छ ।

ग्लोवल आइएमई

Global ime bankयो बैंकले चालू आवको पुस मसान्तसम्ममा ५४ करोड १८ लाख रुपैयाँ नाफा कमाएको छ । गत वर्षको यसै अवधिमा बैंकले ५३ करोड २८ लाख रुपैयाँ नाफा कमाएको थियो ।

बैंकको व्याज आम्दानीमा उल्लेख्य वृद्धि भए पनि गत वर्षको तुलनामा यो वर्ष संभावित जोखिम व्यवस्थाका लागि छुट्याइएको रकम फिर्ता (राइटव्याक) मा कमी आएपछि बैंकको नाफा खासै बढ्न नसकेको हो । २०७० पुस मसान्तमा २६ करोड १० लाख रुपैयाँ राइटव्याक गरेको बैंकले २०७१ पुस मसान्तमा १७ करोड ८४ लाख रुपैयाँ मात्रै राइटव्याक गरेको छ ।

गत वर्षको पुसमा ७८ करोड ९७ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको बैंकले यो पुसमा १ अर्ब १५ करोड ४० लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको छ ।

एक वर्षको अवधिमा बैंकको कर्मचारी खर्चमा १० करोड रुपैयाँ बढेको सोमबार प्रकाशित वित्तीय विवरणमा उल्लेख छ । गत वर्षको पुससम्ममा १६ करोड ८० लाख रुपैयाँ कर्मचारी खर्च गरेको बैंकले यो पुसमा २६ करोड ९८ लाख रुपैयाँ कर्मचारी खर्च गरेको छ ।

एक वर्षको अवधिमा बैंकको खराब कर्जामा केही सुधार आएको छ । गत वर्षको पुसमा कूल कर्जाको ३.२२ प्रतिशत रहेको खराब कर्जा यो वर्षको पुसमा २.५७ प्रतिशतमा खुम्चिएको छ ।

बैंकले कर्जामा लिने र निक्षेपमा दिनेबीचको व्याज अन्तर (स्प्रेड दर) ४.६४ प्रतिशत छ । गत वर्षको पुसमा स्प्रेडदर ५.९६ प्रतिशत थियो । राष्ट्र बैंकले २०७१ असार मसान्तसम्ममा स्प्रेडदर ५ प्रतिशतभन्दा कम राख्न निर्देशन नै दिएको थियो ।

बैंकको प्रतिसेयर आम्दानी २१.४८ पैसा, प्रतिसेयर नेटवर्थ १ सय ३७ रुपैयाँ ८५ पैसा छ । यो आर्थिक वर्षको ६ महिनामा बैंकको अधिकतम प्रतिसेयर बजार मुल्य ५ सय ४३ रुपैयाँ र न्यूनतम ४ सय ४५ रुपैयाँ रह्यो ।

गत वर्षको पुसमा ३६ अर्ब ९७ करोड रुपैयाँ निक्षेप संकलन गरी ३० अर्ब ११ करोड रुपैयाँ कर्जा प्रवाह गरेको बैंकले यो वर्षको पुसमा ५५ अर्ब २० करोड रुपैयाँ निक्षेप संकलन गरी ४७ अर्ब ५६ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । गत चैत २७ गते कमर्ज एण्ड ट्रष्ट बैंकलाई गाभएर एकीकृत कारोबार गरेको थियो ।

सानिमाको बैंक

Sanima bankयो बैंकले चालू आवको पुस मसान्तसम्ममा २७ करोड ८१ लाख रुपैयाँ नाफा कमाएको छ । गत वर्षको यसै अवधिमा बैंकले १९ करोड ४३ लाख रुपैयाँ नाफा कमाएको थियो ।

गत वर्षको पुस मसान्तको भन्दा यो पुस मसान्तमा बैंकले १७ करोड रुपैयाँ बढी खुद व्याज आम्दानी गरेपछि बैंकको नाफा बढेको हो । २०७० पुसमा ३६ करोड २७ लाख रुपैयाँ व्याज आम्दानी गरेको बैंकले २०७१ पुसमा ५३ करोड ७६ लाख रुपैयाँ व्याज आम्दानी गरेको छ ।

गत वर्ष र यो वर्ष बैंकको राइटव्याक अत्यन्तै न्यून छ । बैंकको नाफाको मुख्य आधार नै व्याज आम्दानीमा भएको वृद्धि हो ।

यो पुसमा बैंकले ३० अर्ब १४ करोड रुपैयाँ निक्षेप संकलन गरी २५ अर्ब ८९ करोड रुपैयाँ कर्जा विस्तार गरेको छ । गत वर्षको यसै अवधिमा बैंकले १९ अर्ब ८८ करोड रुपैयाँ निक्षेप संकलन गरी १७ अर्ब १७ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।

कूल कर्जा प्रवाहमा खराब कर्जाको मात्रा ०.४ प्रतिशत छ । यो सञ्चालनमा रहेका बैंकहरुमध्ये सबैभन्दा कम हो । गत वर्षको पुस मसान्तमा बैंकको खराब कर्जा ०.१० प्रतिशत थियो ।

गत वर्षको पुसमा ४.१२ प्रतिशत रहेको स्प्रेड दर यो पुसमा केही बढेर ४.६१ प्रतिशत पुगेको छ । बैंकको प्रतिसेयर आम्दानी २१ रुपैयाँ ८८ पैसा र प्रतिसेयर नेटवर्थ १ सय २२ रुपैयाँ ०१ पैसा छ ।

कुमारी बैंक

Kumari bankयो बैंकले चालू आवको पुस मसान्तमा १८ करोड १६ लाख रुपैयाँ नाफा कमाएको छ । गत वर्षको यसै अवधिमा बैंकले ६ करोड १७ लाख रुपैयाँ नाफा कमाएको थियो । एक वर्षको अवधिमा बैंकको नाफा तेब्बरले बढेको छ ।

आठ करोड रुपैयाँले व्याज आम्दानी बढेपछि र पाँच करोड रुपैयाँ बढी राइटव्याक भएपछि बैंकको नाफा बढेको हो । २०७० पुसमा ३५ करोड १७ लाख रुपैयाँ व्याज आम्दानी गरेको बैंकले यो वर्षकोा पुसमा ४३ करोड ४१ ल्ाख रुपैयाँ व्याज आम्दानी गरेको छ ।

त्यसैगरी, गत वर्षको पुसमा ९८ लाख रुपैयाँ राइटव्याक गरेको बैंकले यो वर्षको पुसमा ५ करोड ६५ लाख रुपैयाँ राइटव्याक गरेको छ ।
एक वर्षको अवधिमा बैंकको खराब कर्जामा केही सुधार देखिएको छ । गत वर्षको पुसमा कूल कर्जाको ४.६२ प्रतिशत रहेको खराब र्जा यो पुसमा घटेर ३.८४ प्रतिशतमा खुम्चिएको छ ।

एक वर्षको अवधिमा बैंको स्प्रेड दर पनि व्यापक घटेको छ । गत वर्षको पुसमा ५.६७ प्रतिशत रहेको स्प्रेड दर यो पुसमा ३.६० प्रतिशत रहेको छ ।
बैंकको प्रतिसेयर आम्दानी २० रुपैयाँ ७५ पैसा छ भने प्रतिसेयर नेटवर्थ १ सय ३४ रुपैयाँ ५८ पैसा छ ।

त्यस्तै, गत वर्षको पुसमा २७ अर्ब ४० करोड रुपैयाँ निक्षेप संकलन गरी २१ ऋर्ब ५१ करोड रुपैयाँ कर्जा प्रवाह गरेको बैंकले यो वर्षको पुसमा २९ अर्ब ८८ करोड रुपैयाँ निक्षेप संकलन गरी २५ अर्ब २८ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?