+
+
Shares

संसदीय दायित्वबाट प्रधानमन्त्री भाग्न खोजे : योगेश भट्टराई

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ३१ गते १०:२१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एमाले उपमहासचिव योगेश भट्टराईले प्रधानमन्त्री बालेन शाह संसदमा नीति तथा कार्यक्रम र प्रश्नहरूको जवाफ दिनबाट भाग्न खोजेको आरोप लगाएका छन्।
  • भट्टराईले संसद्मा भाग लिनु, छलफलमा प्रश्नहरू स्पष्ट पार्नु र निर्णय पालना गर्नु प्रधानमन्त्रीको संवैधानिक दायित्व भएको बताएका छन्।
  • उनीहरूले भनेका छन्, 'लोकतान्त्रिक मुलुकहरूमा प्रधानमन्त्रीले संसद्मार्फत जानकारी दिने र रोस्टममा बोल्दा गर्व महसुस गर्ने गर्छन्।'

३१ वैशाख, काठमाडौं । एमाले उपमहासचिव योगेश भट्टराईले प्रधानमन्त्री बालेन शाह आफ्नो संवैधानिक र संसदीय दायित्वबाट भाग्न खोजेको भन्दै आलोचना गरेका छन्।

सामाजिक सञ्जालमा बिहीबार एक स्टाटस लेख्दै उनले सरकारको नीति तथा कार्यक्रम र संसदमा उठेका प्रश्नहरूको जवाफ दिनबाट प्रधानमन्त्री पन्छिन खोजेको आरोप लगाएका हुन्।

संसदीय लोकतन्त्रमा जनप्रतिनिधिमूलक संस्था संसद्को गरिमा र महत्व उच्च हुने स्मरण गराउँदै भट्टराईले प्रधानमन्त्री संसद् र जनताप्रति समान रूपमा उत्तरदायी हुनुपर्ने बताएका छन्।

‘राष्ट्रपतिद्वारा संसद्मा वाचन गरिएको नीति तथा कार्यक्रम सारमा प्रधानमन्त्रीकै अवधारणा हो,’ उनले भनेका छन्, ‘त्यससम्बन्धी उठेका प्रश्नमा स्वयं अवधारणाकारको अलावा अरू कसले चित्तबुझ्दो जवाफ दिन सक्ला र?’

संसदमा भाग लिनु, छलफलमा उठेका सवालहरू स्पष्ट पार्नु र संसद्का निर्णय तथा निर्देशनहरूको पालना गर्नु प्रधानमन्त्रीको कर्तव्य भएको भट्टराईको भनाइ छ। भट्टराईले प्रश्न गरेका छन्, ‘तर हाम्रा प्रधानमन्त्री यो संवैधानिक तथा पदीय दायित्वबाट किन भाग्न खोजिरहनुभएको छ?’

अन्य लोकतान्त्रिक मुलुकहरूको अभ्यास उदाहरण दिँदै उनले ती देशहरूमा प्रधानमन्त्रीले विशेष सम्बोधन, घोषणा वा विदेश भ्रमणबारे संसद्मार्फत नै जानकारी दिने र रोस्टममा उभिएर बोल्दा गर्व महसुस गर्ने गरेको बताएका छन्।

यसविपरीत नेपालका ‘युवा प्रधानमन्त्री’लाई यी विषयले किन आकर्षण गरिरहेको छैन भन्दै भट्टराईले असन्तुष्टि व्यक्त गरेका छन्। लोकतान्त्रिक अभ्यासमा प्रक्रिया मिचेर वा संसद्लाई छलेर हिँड्ने कुरा कुनै पनि हालतमा स्वीकार्य नहुने भट्टराईले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?