News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा एमालेका नेताहरूले पार्टीले टिकट नदिए पनि आफ्ना क्षेत्रका उम्मेदवारसँगै निर्वाचन आयोगमा मनोनयन दर्ता गराएका छन्।
- उपमहासचिव योगेश भट्टराईले ताप्लेजुङका उम्मेदवार क्षीतिज थेबेको उम्मेदवारी दर्ता गर्नुभएको छ।
- फरक समूहमा लागेका गोकुल बास्कोटा, सुरेन्द्र पाण्डे र पुरुषोत्तम पौडेलले पनि टिकट नपाएपछि मनोनयन दर्ता गराएका छन्।
६ माघ, काठमाडौ । पार्टीले टिकट नदिए पनि नेकपा एमालेका नेताहरू आफ्ना क्षेत्रका उम्मेदवारसँगै मनोनयन दर्ता गर्न निर्वाचन आयोग पुगेका छन् ।
टिकट नपाएका उपमहासचिव योगेश भट्टराई ताप्लेजुङका उम्मेदवार क्षीतिज थेबेको उम्मेदवारी दर्ता गर्न पुगेका छन् । यसअघिका दुई चुनावमा भट्टराईले ताप्लेजुङबाट जितेका थिए ।
तर, एमालेको एघारौं महाधिवेशनमा फरक समूहमा लागेपछि उनलाई यसपटक टिकट दिइएन । फरक समूहमै लागेका गोकुल बास्कोटाले पनि पार्टीको टिकट पाएनन् ।
काभ्रे–२ मा अशोक व्याञ्जुलाई एमालेले टिकट दिएको छ । बास्कोटा पनि ब्याञ्जुसँगै मनोनयन दर्ता गर्न पुगेका छन् ।
चितवन–१ मा टिकट नपाए पनि पूर्वउपाध्यक्ष सुरेन्द्र पाण्डे मनोनयन दर्तामा पुगे । यहाँ एमालेले कमल पाठकलाई उम्मेदवार बनाएको छ ।
बारा–२ मा टिकट नपाए पनि बलवीर चौधरीको मनोनयन दर्ता गराउन पुरुषोत्तम पौडेल सहभागी भएका छन् ।

प्रतिक्रिया 4