+
+
Shares

राजनीतिमा बाह्य चुनौती बढिरहेको छ : योगेश भट्टराई

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष १३ गते ११:२९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले राजनीतिमा बाह्य चुनौती बढिरहेको बताएका छन्।
  • उहाँले आन्तरिक एकता बलियो बनाएर चुनौतीको सामना गर्नुपर्ने र विगतका कमजोरीप्रति आत्मालोचित हुनुपर्ने बताउनुभएको छ।
  • राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरका मेयर बालेन शाहबीच सातबुँदे सम्झौता भएको केही घण्टापछि भट्टराईले यस्तो प्रतिक्रिया दिनुभएको हो।

१३ पुस, काठमाडौं । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले राजनीतिमा बाह्य चुनौती बढिरहेको बताएका छन् ।

आन्तरिक एकता बलियो बनाएर चुनौतीको सामना गर्नुपर्ने उनले बताएका छन् ।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाएका भट्टराईले भनेका छन्, ‘बाह्य चुनौती बढिरहेको छ । जसको सामना गर्नैपर्छ, भागेर लुकेर हुनेवाला छैन । आन्तरिक एकता बलियो बनाऔं । राष्ट्र र जनतका एजेन्डा बोकौं ।’

उनले अगाडि बनेका छन्, ‘विगतका कमजोरीप्रति आत्मालोचित होऔं । विनम्र बनौं । कार्यशैली सुधार गरौं ।’

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरका मेयर बालेन शाहबीच सातबुँदे सम्झौता भएको केही घण्टापछि एमाले उपमहासचिव भट्टराईको यस्तो प्रतिक्रिया आएको हो ।

उनको फेसबुक स्टाटसमाथि कमेन्ट गर्नेहरूले भट्टराईको प्रतिक्रिया सातबुँदे सम्झौताप्रति नै लक्षित रहेको जनाएका छन् ।

आगामी निर्वाचनमा सहकार्य गर्ने सहमति भएसँगै नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले राजनीतिमा बाह्य चुनौति थपिएको बताउनुभएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?