+
+
Shares

रवि–बालेन सम्झौताले चुनावमा जनताको मत तान्दैन : मनिष सुमन

चुनावपछि को प्रधानमन्त्री बन्ने भनेर सम्झौता गर्नु भनेको घमण्ड नै हो । यस (सम्झौता)ले जनताको मत तान्दैन । तथापि, हाम्रो शुभकामना छ,’ सुमनले भने ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष १३ गते ११:०१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जनता समाजवादी पार्टीका नेता मनिष सुमनले रास्वपाका सभापति रवि लामिछाने र मेयर बालेन्द्र शाहको सम्झौताले भोट नतान्ने टिप्पणी गरेका छन्।
  • सम्झौतामा रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्व गर्ने र बालेन शाहलाई प्रधानमन्त्रीका रुपमा अघि सारिने उल्लेख छ।
  • मनिष सुमनले चुनावअघि प्रधानमन्त्री घोषणा हास्यास्पद भएको र यस्तो सम्झौताले जनताको मत नताने बताए।

१३ पुस, काठमाडौं । जनता समाजवादी पार्टी नेपालका नेता मनिष सुमनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र काठमाडौं महानगरका मेयर बालेन्द्र शाहको सम्झौताले भोट नतान्ने टिप्पणी गरेका छन् ।

‘नयाँ शक्तिहरू एक हुनु राजनीतिमा सुखद हो । तर, संसदीय दलको नेता र प्रधानमन्त्री अहिले नै तय गरिएको छ,’ अनलाइनखबरसँग उनले भने, ‘भविष्यमा के हुन्छ, चुनावमा के हुन्छ त्यो नहेरी प्रधानमन्त्री घोषणा गर्ने कुरा हास्यास्पद हो ।’

नेपालको राजनीतिमा चुनाव पछाडिको नेतृत्व तोकेर गएका अन्य उदाहरण समेत रहेको उनले बताए ।

‘विगतमा प्रचण्डले पनि कार्यकारी राष्ट्रपति भनेर देशभरी भन्नुभएको थियो । कहिल्यै त्यस्तो राष्ट्रपति बन्न पाउनुभएन,’ उनले थपे, ‘अहिले पनि को प्रधानमन्त्री बन्ने भनेर सम्झौता गर्नुभएको छ । त्यो सार्वजनिक नगरेको भए एउटा कुरा हुन्थ्यो । सार्वजनिक गर्नु भनेको घमण्ड नै हो । यसकारणले यस (सम्झौता)ले जनताको मत तान्दैन । तथापि, हाम्रो शुभकामना छ ।’

आज बिहान रास्वपाका सभापति लामिछाने र मेयर बालेनबिच सातबुँदे सम्झौता भएको हो । सम्झौतापत्र अनुसार, रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्व गर्नेछन् भने बालेन शाहलाई आगामी प्रधानमन्त्रीका रुपमा अघि सारिनेछ । चुनाव चिह्न घण्टी र घण्टी रास्वपाकै रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?