+
+
Shares

रवि–बालेन सम्झौताप्रति कुलमान पार्टीको प्रतिक्रिया– जेनजी आन्दोलनको भावना समेटिएन

रवि र बालेन सातबुँदे सम्झौता गर्नुअघिसम्म उज्यालो नेपाल पार्टीसँग संवादमा थिए । शनिबार दिनभर बसेको सो पार्टीको केन्द्रीय समितिको बैठकले रास्वपाले पठाएको एकता प्रस्ताव अस्वीकार गर्ने निर्णय गरेको थियो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष १३ गते १०:५५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • उज्यालो नेपाल पार्टीले रवि लामिछाने र बालेन शाहबीचको सम्झौताले जेनजी आन्दोलनको भावना सम्पूर्ण रूपमा नसमेटेको टिप्पणी गरेको छ।
  • उज्यालो नेपाल पार्टीले रास्वपाको एकता प्रस्ताव अस्वीकार गरी अलग ढंगले संगठन विस्तार गर्ने निर्णय गरेको छ।
  • उज्यालो नेपालका जितराम लामाले सम्झौतामा नीतिगत र वैचारिक अस्पष्टता रहेको र केवल पदको भागवण्डा भएको बताएका छन्।

१३ पुस, काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङ संरक्षण रहेको उज्यालो नेपाल पार्टीले रास्वपाका सभापति रवि लामिछाने र काठमाडौं महानगरका मेयर बालेन शाहको सम्झौताले जेनजी आन्दोलनको भावनालाई सम्पूर्ण रूपमा नसमेटेको टिप्पणी गरेको छ ।

रवि र बालेन सातबुँदे सम्झौता गर्नुअघिसम्म उज्यालो नेपाल पार्टीसँग संवादमा थिए । शनिबार दिनभर बसेको सो पार्टीको केन्द्रीय समितिको बैठकले रास्वपाले पठाएको एकता प्रस्ताव अस्वीकार गर्ने निर्णय गरेको थियो ।

त्यसको १२ घण्टा नबित्दै रवि र बालेनबीच सोही प्रस्तावमा सातबुँदे सहमति भएको हो ।

सो सहमतिपछि अनलाइनखबरसँगको कुराकानीमा उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य तथा वार्तामा संलग्न रहँदै आएका जितराम लामाले जेनजी आन्दोलनको मूल भावनालाई सम्झौताले समेट्न नसकेको बताएका हुन् ।

उनले अब आफ्नो पार्टी अलग ढंगले संगठन विस्तारमा लाग्ने बताए ।

‘हामी हाम्रै हिसावले अगाडि बढ्छौं । कुलमान घिसिङलाई भावी प्रधानमन्त्रीको रुपमा अगाडि सारेर जनतामा जान्छौं,’ उनले भने ।

रवि–बालेन सम्झौतामा उज्यालो नेपाल नसमेटिनुको कारण नीतिगत र वैचारिक अस्पष्टता रहेको उनको भनाइ छ ।

‘सम्झौता अपेक्षाकृत थिएन, उहाँहरूले गर्नुभयो उहाँहरूको कुरा भयो । तर, त्यो सम्झौताले जेनजी आन्दोलनको भावना सम्पूर्ण रूपमा समेटेन, समेट्दैन । त्यहाँ केवल पदको भागवण्डा छ,’ लामाले भने, ‘भोलिको रोडम्याप कस्तो हुने ? देशका तमाम समस्या समाधान कसरी गर्ने लगायतका विषयमा नीतिगत र वैचारिक प्रष्टता केही पनि छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?