९ पुस, काठमाडौं । उज्यालो नेपाल पार्टी र सर्वोदय पार्टीबीच आज (बुधबार) चुनावी एकता हुने भएको छ ।
ऊर्जामन्त्री कुलमान घिसिङ संलग्न उज्यालो नेपाल र दीपककुमार साह नेतृत्वको सर्वोदय पार्टीबीच चुनावी एकता हुने भएको हो ।
जनमत पार्टीले उपाध्यक्षबाट कारबाही गरेपछि साहले जनस्वराज पार्टी गठन गरेका थिए ।
अदालतले मान्यता नदिएपछि उनले सर्वोदय पार्टी निर्वाचन आयोगमा दर्ता गराएका थिए । दुवै पार्टीले उज्यालो नेपाल पार्टीको चुनाव चिह्न बलेको ‘चिम’ लिएर संयुक्त रूपमा चुनावमा भाग लिने निर्णय गरिसकेका छन् ।
चुनावी एकताका लागि सम्झौता गर्न दुई दलको कार्यक्रम दिउँसो १ बजे नयाँ बानेश्वरस्थित इन्द्रेणी ब्यांकेटमा हुन गइरहेको छ ।
यसअघि चुनावी एकता घोषणा कार्यक्रम त्रिपुरेश्वरस्थित उज्यालोको पार्टी कार्यालयमा हुने भनिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4