News Summary
Generated by OK AI. Editorially reviewed.- गायक सुगम पोखरेलले आउँदो तमु ल्होसारको अवसरमा नयाँ गीत \'ल्होसार\' म्युजिक भिडियोसहित सार्वजनिक गर्नुभएको छ।
१३ पुस, काठमाडौं । आउँदै गरेको तमु ल्होसारको छेको पारेर गायक सुगम पोखरेलले नयाँ गीत निकालेका छन् । म्युजिक भिडियोसहित संग्रह नवमीमा संग्रहित ल्होसार बोलको गीत पोखरेलले निकालेका हुन् ।
गीतमा उनको आफ्नै शब्द तथा संगीत रहेको छ । विशेष गरी गुरुङ, शेर्पा र तामाङ् समुदायले मनाउने ल्होसार पर्वबारे बखान गरिएको छ । गुम्बा तथा रोदीमा छायांकन गरिएको गीतको म्युजिक भिडियोमा शेर्पा, तामाङ र गुरुङ भेषमा सुगम आफैं नाचेको हेर्न सकिन्छ । लोकेन्द्र सुब्बाले निर्देशन तथा सम्पादन गरेको उक्त गीतको छायांकन घिसिङ २१ र बिनोद लामाले गरेका हुन् ।
पप तथा चलचित्र गायनमा आफ्नो बेग्लै पहिचान बनाएका सुगमले केही वर्ष यता नेपाली मौलिक संस्कृति, भेषभुषा, समुदाय, भूगोलमा आधारित भएर गीत संगीत बनाउँदै आइरहेका छन् । नेपालको यस्तो मौलिक पहिचानलाई गीत संगीतको माध्यमबाट अझ आफ्ना श्रोता तथा दर्शकलाई मनोरञ्जन दिने सांगीतिक अभियान नै रहेको उनले बताए ।
यस अभियानलाई उनले ‘कलर अफ हिमालयज’ नाम दिएका छन् ।
प्रतिक्रिया 4