Comments Add Comment

घरमै लडे अम्बर गुरूङ, ग्राण्डी अस्पतालमा उपचार

७ फागुन, काठमाडौं । वरिष्ठ संगितकार एवं संगित तथा नाट्य कला प्रतिष्ठानका उपकुलपति अम्बर गुरुङ अस्वस्थ भएका छन् ।

राष्ट्रिय गीतका संगितकार समेत रहेका गुरुङको धापासीस्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा उपचार भइरहेको छ ।

Amber-Gurung

केहि बर्षयता पार्किन्सन्स र मधुमेहबाट पीडित गुरुङ बिहीबार बिहान अचानक घरमा लडेपछि टाउकोमा चोट लागेको पारिवारिक श्रोतले जनाएको छ ।

उनलाई तत्काल ग्राण्डी अस्पताल पुर्याएर भर्ना गरिएको अस्पताल प्रशासनले जनाएको छ ।

उनको अवस्था अत्यन्त चिन्ताजनक नरहेको भएपनि थप परीक्षणहरु पछि मात्र केहि भन्न सकीने ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालका मेडिकल डाइरेक्टर डाक्टर चक्रराज पाण्डेले जानकारी दिएका छन् ।

 तस्वीरः ग्राण्डी अस्पताल 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment