Comments Add Comment

ब्युटीपार्लरबाट एचआईभी संक्रमण

८ फागुन, काठमाडौ । के तपाई सुन्दर अनुहार बनाउनका लागि ब्युटिपार्लर जाँदै त हुनुहुन्न एकपटक सोच्नुस् है । तपाईको अनुहारको फोका तथा खिल निकाल्न प्रयोग गिरिएको उपकरण निर्मलीकरण गरेको छ कि छैन सचेत हुनुहोस् ।
ब्युटिपार्लरमा प्रयोग गरिने उपकरण निर्मलीकरण गरिएको छ छैन पहिचान गरेर मात्र उपकरणको प्रयोग गर्नुहोला, नत्र तपाई पनि एनआईभी संक्रमणको सिकार बन्नु होला ।

Visageयस्तै, समस्याको सिकार भएकी छन्, नुवाकोटकी एक महिला । जब उनको गर्भमा ७ महिनाको बच्चा थियो, रक्त परीक्षण गर्दा उनी र उनको गर्भमा रहेको बच्चामा एचआईभी संक्रमित भएको पत्ता लाग्यो नेपाल समाचारपत्रमा खबर छ ।

उनलाई यो घटनाले जीवनभरी पछुतो मात्र बनाएन, उनका पतिले समेत छाडेर गए ।

समस्याको निराकरण गर्ने क्रममा राष्ट्रिय एड्स तथा यौन रोग निवारण केन्द्रले उनका पतिको रक्त परीक्षण गर्दा उनमा संक्रमण नभएको र उनी जाने गरेको ब्युटीपार्लरको उपकरणबाट सरेको प्रमाणित भयो । ब्युटिपार्लरले प्रयोग गर्ने उपकरण राम्रोसँग निर्मलीकरण नगरेकै कारण उनमा एचआईभी संक्रमण भएको पुष्टी भयो । यो कुरा थाहा पाउँदा ती १७ वषर्ीया युवती छाँगाबाट खसे झैं भइन् ।

एचआईभी संक्रमण यौनजन्य क्रियाकलापबाट मात्र सर्ने नभई दारी काट्ने मेसिन, सैलुनमा प्रयोग गरिने छुरा, कपाल काट्ने कैंची, दन्त उपचारका क्रममा स्वास्थ्य संस्थामा प्रयोग गरिने उपकरणहरुबाट पनि सर्न सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment