Comments Add Comment

कोरियामा मह जोडीको प्रहसन

solसोल । कोरियन नयाँ वर्ष सलनालको अवसरमा नेपाल घर निर्माणार्थ सोलस्थित ख्याङ ई कलेजमा आयोजित नेपाल हाउस सांगीतिक महामेलामा चर्चित हास्य कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिबंश अचार्यले प्रहसन देखाएर हँसाए ।

जव मह जोडी बाहुन बहादुर् र नेवार बहादुर बनेर स्टेजमा देखा परे दर्शकदीर्घाबाट एकाएक तालीको फोहोरा छुट्यो । उनीहरुको प्रहसनमा बर्तमान नेपालको डामाडोल राजनीतिकस्थितिदेखि काकाकुल काठमाण्डौको ब्यथा समेटिएका थिए । मह जोडीको प्रहसनलाई मोहित आचार्य र नरेन्द्र कंसाकारले साथ दिएका थिए ।

‘हामीहरू सबैको आमाको आमा नेपाल आमा हुन् । हामीहरू सबै नेपाल आमाको सन्तती हौ । जातभातको कुरा नगरौ । जातभातको कुराले गर्दा सुडान, इराक, लिभिया, अफगानिस्तान जस्ता देशहरुमा गृहयुद्ध चलिरहेको छ’ भन्ने महजोडीको प्रहसनको भाव थियो ।

उपस्थित २५ सय दर्शक माझ रजिना रिमालले आफ्ना स्लो गीतहरू ‘तिमी बिना म पागल बन्न सक्छु’ , ‘नाई नभन्नु ल’ गाउदै स्टेज चढ्दा नै दर्शकले साथ दिए भने र्रयापर यमा बुद्ध र्याप गाउदै स्टेजमा देखिदा युवाहरूको साथ पाए ।

प्रमोद खरेलले आफ्ना डान्सिङ नम्वर ‘म बिना कसैकसैलाई मुस्किल छ पोखरा’, ‘हङ्गामा भो कसम’ गाउँदा स्टेज अगाडि वान्समोर भन्दै दर्शकहरूले हुटिङ गरेका थिए । गायिका देवी घर्तीमगरले लोक दोहोरी गीतले पनि दर्शकहरूलार्इ उत्साहित बनायो ।

उक्त कार्यक्रमको संचालन नायिका एवं उदघोषक छुल्ठिम गुरुङले गरेकी थिईन् । गुरुङ्ले कार्यक्रमको बिचबिचमा आकर्षक नृत्य पनि प्रस्तुत गरेकी थिईन् ।

 –निश्चल काउचाबाट 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment