+
+
Shares

स्ववियु चुनावको कार्यतालिका सार्वजनिक गर्न नेविसंघको २ दिने अल्टिमेटम

अनलाइनखबर अनलाइनखबर
२०७५ चैत १२ गते १६:४१

१२ चैत, काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियु)को निर्वाचनको कार्यतालिका सार्वजनिक गर्न २ दिने अल्टिमेटम दिएको छ ।

यही चैत्र २५ गते निर्वाचन गर्ने भनिएता पनि वातावरण नबनाएको भन्दै नेविसंघले २ दिनभित्र कार्यतालिका सार्वजनिक गरी चुनावको वातावरण बनाउन विश्वविद्यालयसँग माग गरेको हो ।

मंगलबार विश्वविद्यालयका निमित्त रजिष्ट्रार लिलाधर तिवारीलाई भेटी नेविसंघले विश्वविद्यालयको केन्द्रीय क्याम्पसलगायत १० वटै आंगिक क्याम्पसहरुमा तोकिएकै मितिमा निर्वाचन गराउन माग गरेको छ ।

तोकिएको समय सीमाभित्र कार्यतालिका घोषणा गरी निर्वाचनको वातावरण सिर्जना नगरे आन्दोलन गर्ने चेतावनी नेविसंघले दिएको छ ।

साथै, विद्यार्थी संगठनहरु, ईन्जिनियरिङ संकायका विद्यार्थीहरु, स्ववियुलगायत विश्वविद्यालयसँग सम्बन्धित सरोकारवाला पक्षहरुसँग गरिएका सम्झैताहरु तत्काल कार्यान्वयन गर्न नेविसंघले माग गरेको छ ।

राजनैतिक आस्थाका आधारमा गरिएको राजनैतिक हस्तक्षेप बन्द गर्नुपर्ने,  अदातलमा विचाराधिन रहेको निजी सम्बन्धन प्रक्रिया अन्र्तगत कमिसनको खेल एववं निजी स्वार्थका आधारमा ग्लोबल कलेजलाई दिइएको सम्बन्धन खारेज गरी विना सूचना विश्वविद्यालयले उक्त कलेजलाई थप गरिएका कार्यक्रमसमेत खारेज गर्न नेविसंघको माग छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?