+
+
Shares

कांग्रेस अनुशासन समितिले माग्यो उजुरी, चैत मशान्तसम्मको म्याद

अनलाइनखबर अनलाइनखबर
२०७५ चैत १२ गते १६:०७

१२ चैत, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले पार्टी हित विपरीत गतिविधि गर्ने पार्टी सदस्यविरुद्ध चैत मशान्तभित्र उजुरी दिन आग्रह गरेको छ । मंगलबार बसेको समिति बैठकले २०७५ चैत मसान्तभित्र आएका उजुरीमाथि मात्र छानबिन हुने निर्णय गरेको हो ।

‘पार्टीका कुनै पनि सदस्यले पार्टी हित विपरीतका कुनै पनि काम, कारवाही र गतिविधि गरेको भएमा त्यस्ता काम, कारवाही र गतिविधिका विरुद्धमा प्रमाणसहित २०७५ चैत्र मसान्तभित्र केन्द्रीय अनुशासन समितिसमक्ष प्राप्त हुन आएका उजुरीहरु उपर मात्र केन्द्रीय अनुशासन समितिले छानविन गरी निर्णय गर्ने व्यहोरा यसै सूचना मार्फत जानकारी गराइन्छ’ बैठकको निर्णयमा भनिएको छ ।

समितिले पार्टीका कुनै नेता, कार्यकर्ताले लिखित रुपमा, अभिव्यक्तिद्वारा वा सामाजिक सञ्जालमार्फत पार्टी हित विपरीतका काम, कारबाही र गतिविधि प्रकट गरेमा पार्टी विधानअनुसार कारवाही गर्ने आफ्नो क्षेत्राधिकार रहने पनि बताएको छ । नेपाली कांग्रेसको चैत ४ गते बसेको केन्द्रीय समिति बैठकले भीष्मराज आङ्देम्बेको नेतृत्वमा अनुशासन समिति गठन गरेको थियो ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?