Comments Add Comment

सुनितालाई एकै वर्षमा दुई अन्तर्राष्ट्रिय अवार्ड

१० फागुन, काठमाडौं । मानव बेचबिखन विरुद्ध क्रियाशील शक्ति समूहकी अध्यक्ष सुनिता दनुवारले एकै वर्षभित्र दोस्रो अन्तर्राष्ट्रिय अवार्ड पाएकी छन् ।

sunita-Danuwarबेचबिखन प्रभावित महिलाहरु आफैंले सन्चालन गरेको विश्वकै पहिलो र एकमात्र संस्था शक्ति समूहकी संस्थापक सदस्य समेत रहेकी दनुवार वर्ल्ड वुमन लिडरशीप कंग्रेस अवार्डबाट सम्मानित भएकी हुन् ।

विभिन्न विधामा सफलता हात पारेका र नेतृत्व तहमा रहेका विश्वका १ सय २० महिलालाई प्रदान गरिएको सो अवार्ड सामुहिक रुपमा सुनिताले पाएको शक्ति समूहले जनाएको छ ।

वर्ल्ड वुमन लिडरशीप कंग्रेस अवार्ड वर्ल्ड सिएसआर कंग्रेसको रणनीतिक साझेदार संस्था हो । भारतको मुम्वईमा आयोजित  एक कार्यक्रममा सुनितालाई सो पुरस्कार प्रदान गरिएको छ ।

नेपाल, भारत, बंगलादेश, अफगानिस्तान, केन्या, मलेसिया, ईन्डोनेसिया, हङ्ककङ लगायत देशका १ सय २० सफल महिलाले उक्त अवार्ड पाएका छन् ।

गत नोभेम्बरमा स्वीडेनको स्टकहोममा विश्वका अन्तर्राष्ट्रिय स्तरकै प्रतिष्ठित मानिने सी टेन अवार्ड सुनितालाई प्रदान गरिएको थियो ।

त्यसअघि गत वर्ष उनले एशियाको नोबेल पुरस्कार मानिने रोमन म्यागासेसे पुरस्कार पाएकी थिइन् भने शक्ति समूहकै चरिमाया तामाङले अमेरिकी सरकारले प्रदान गर्ने प्रसिद्ध सम्मान पाएकी थिइन् ।

आधुनिक दासता विरुद्धको लडाई लडे बापत चरिमायालाई अमेरिकी सरकारले सम्मान गरेको थियो । शक्ति समूह बेचबिखन र हिंसाबाट प्रभावित महिलाहरुको संगठन हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment