Comments Add Comment

सिमरावासीको आन्दोलनमा एमाओवादीको ऐक्यवद्धता

१२ फागुन, काठमाडौं ।  एकीकृत माओवादीले सिमरामा भइरहेको आन्दोलनमा ऐक्यवद्धता जनाएको छ । आन्दोलनमाथि दमन गरेर सरकारले सिमरामा स्वेत आतंक मच्चाएको एमाओवादीले आरोप लगाएको छ ।

maoist flagएमाओवादीका प्रवक्ता दीनानाथ शर्माले एक विज्ञप्ती जारी गर्दै बाराको सिमरा र आसपासका क्षेत्रहरुमा सरकारले जनताको प्रतिरोधमा गरेको बर्बर दमनको घोर निन्दा एवम् भत्र्सना गरेको जनाएका छन् । विज्ञप्तिमा भनिएको छ-‘सरकारले खारेज गरेको निर्णयको विरुद्धमा जनताको प्रतिरोधमा जनताका घरघरमा पसेर आक्रमण गर्ने र सञ्चार माध्यमा पसेर सञ्चार उपकरण तोडफोड गर्ने सम्मको स्वेत आतंकप्रति आपत्ति प्रकट गर्दछ ।’

सरकारले देशभरी हरेक निर्वाचन क्षेत्रमा एक सेवा केन्द्र बनाई लागू गरेमा सन्तुलित र परिपक्क निर्णय गर्न सरकारको ध्यानाकर्षण गराएको छ । विगत ९ दिनदेखिको जनताको प्रतिरोधप्रति ऐक्यवद्धता जनाउँदै प्रशासनलाई विवेकका साथ काम गर्न आग्रह पनि गर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment