Comments Add Comment

घर भत्कँदा कालिकोटमा एकै परिवारका तीनको मृत्यु

रमेश रावल

१९ फागुन, कालिकोट । कालिकोटको थिर्प्रुमा घर भत्कँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।

अविरल वर्षाका कारण सोमबार राति घर भत्कँदा थिर्प्रु गाविस वडा नम्बर पाँच बर्छैनकोटका तीन जनाको मृत्यु भएहो ।

घरले किच्दा ३६ वर्षका दलबहादुर रोकाया, ३३ वर्षकी उनकी श्रीमती बेलु रोकाया र ६ वर्षकी उनकी छोरी ममत रोकायाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरी निरिक्षक कर्णबहादुर चन्दले जानकारी दिए ।

कर्णाली राजमार्ग अवरुद्ध

यसैबीच अविरल वर्षासँगै परेको हिमपातका कारण कर्णाली राजमार्ग अबरुद्ध भएको छ । राजमार्ग अबरुद्ध भएपछि कालिकोट, मुगु र जुम्लाका हिँडेका यात्रुहरु कालिकोट भर्ता गाविसको सेरीघाटमा अलपत्र परेको जिल्ला ट्राफिक कार्यालय कालिकोटका इन्चार्ज अमर थापाले बताए । ‘पानी परेका कारण बाटो बिग्रिएको छ’ उनले भने,’बाटो बिग्रिदा कर्णालीबाट तराई झर्ने गाडी र तराईबाट कर्णालीका लागि आएका गाडी र यात्रुहरु अलपत्र परेका छन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment