Comments Add Comment

राजीनामा मागेपछि राष्ट्रिय जनमुक्तिका दुबै सभासदले पार्टी छाडे

१९ फागुन, काठमाडौं । संविधानसभामा दुई सीट भएको राष्ट्रिय जनमुक्ति पार्टीका दुबै सभासदले पार्टी छाडेका छन् । उनीहरुले नयाँ पार्टी गठन गरेका छन् ।

Shivalal-thapa

सभासद शिवलाल थापा र सीमाकुमारी बिकले मंगलबार राष्ट्रिय जनमुक्ति पार्टी लोकतान्त्रिक गठन गरेका हुन् ।

दुबै सभासदले नयाँ पार्टी गठनको जानकारी संविधानसभा अध्यक्ष सुवास नेम्वाङलाई जानकारी गराएका छन् । दलको नेता शिवलाल थापा छन् ।

राष्ट्रिय जनमुक्ति पार्टीले दुबै सभासदलाई राजीनामा दिन दबाव दिएका थिए । तर, उनीहरुले पार्टी परित्याग गरेर नयाँ पार्टी गठनको निर्णय गरेका छन् ।

सभासद बनाउने समयमा नै एक वर्षका लागि भन्ने निर्णय केन्द्रीय समितिबाटै भएको राष्ट्रिय जनमुक्ति पार्टीका अध्यक्ष एमएस थापाले बताए । उनले भने-‘हामीले उहाँहरुको पनि सम्मान हुने गरी छाड्नुस् भनेका हौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment