Comments Add Comment

होली खेल्नुभयो ? अब यसो गर्नुहोस !

holi photo (1)

१. मनतातो पानीले स्याम्पु तथा साबुन प्रयोग गरेर करिब आधा घण्टा लगाएर नुहाउनुहोस् ।

२. नुहाएर पनि नमेटिएका रंगका दागहरु कागती, गोलभेंडा र घ्यूकुमारी मिलाएर मेत्नुहोस् ।

३. तातो कफी, सुप वा पानी प्रशस्त खानुहोस् ।

४. शरीरमा चिलाएमा, सास फेर्न गाह्रो भएमा, ज्वरो आएमा तुरुन्त चिकित्सकसँग परामर्श लिनुहोस् ।

५. तातो खाना हल्का खाएर बिस्तारमा जानुहोस् ।

६, रंग, पानी तथा थकान हटाउन बडी लोसन, भिक्स वा मनतातो तोरीको तेलले शरीर हल्का मालिस गर्नुहोस् ।

७. टोपी, गलबन्दी, न्यानो कपडा लगाएर न्यानो सिरक वा ब्लान्केट ओढ्नुहोस् ।

८. शरीर दुखेमा, रुघा लागेमा वा ज्वरो आएमा एन्टीकोल्ड चक्की १ गोली खानुहोस् ।

९. निद्रा पुरा गर्नुहोस् ।

१०. थकाइ लागेपनि बिहान हल्का शारीरिक अभ्यास, मार्निंग वाक गर्नुहोस् ।

११. याद गर्नुहोस् थकाइ लागेको निहुँमा मादक पदार्थ सेवन नगर्नुहोस । यसले तपार्इँको स्वास्थ्य नाजुक बनाउँछ ।

१२. भोलि सनस्क्रिन लोसन तथा मोस्चराइजर प्रयोग गर्नुहोस् ।

डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य बिशेषज्ञ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment