Comments Add Comment

विद्यालय तोडफोड गर्नेमाथि कारबाही गर्न माग

१६ चैत, वीरगञ्ज । प्रदेश २ मा एसईई परीक्षा स्थगित भएको विरोधमा उत्रिएका विद्यार्थीहरुले निजी स्कुलमा तोडफोड गरेपछि सञ्चालकहरु आक्रोसित बनेका छन् ।

विद्यार्थीहरुले मुर्लीस्थित अनुभूति फाउन्डेशनमा तोडफोड गरेका थिए ।

निजी विद्यालय सञ्चालकहरुको संस्थाले शनिबार पत्रकार सम्मेलन गरी शान्तिपूर्ण प्रदर्शन गरिरहेका विद्यार्थीहरुलाई उचालेर तोडफोडमा उतारेको दाबी गरेको छ ।

दोषीलाई तत्काल कारबाही नगरे विद्यालय बन्द गर्ने उसको चेतावनी छ ।

अनुभूति कलेजमा आक्रमण गर्ने कार्यमा कञ्चनजंगा माविका नितेश गुप्ता, ओसिस माविका अरविन्द यादव सक्रिय रहेको र ठाकुरराम बहुमुखी क्याम्पसका विद्यार्थी नेता सन्दीप विक्रम साहले उक्साएको निजी स्कुल सञ्चालकहरुको आरोप छ ।

नेशनल प्याव्सन पर्साका अध्यक्ष राम सुन्दर चौधरीले आक्रोशित विद्यार्थीहरुको भिडमा अमर्यादित शैलीमा गैरविद्यार्थीहरु समावेश भई तोडफोडमा उतारेको आरोप लगाए । ‘जर्बजस्ती अनूभूति एजुकेशनको गेटको ताल्चा फुटाएर झ्याल ढोका फुटाउने, अध्ययनरत विद्यार्थी एवं शिक्षकमाथि सांघाथिक हमाला गर्ने, पार्किङ गरि राखिएका गाडीमा तोडफोड गर्ने कार्य निन्दनीय छ’ उनले भने ‘ विद्यार्थीहरु तोडफाडमा उत्रदा प्रशासन मौन बसेको छ, तोडफोडमा संलग्नहरु गैर विद्यार्थी भएको प्रमाण हुँदा हुँदै पनि कारबाही नगरि छोडिएको छ । क्षति भएका भौतिक संरचना र बसको क्षतिपूर्ति तथा संलग्नलाई न्यायिक कठघरामा उभ्याउनुपर्छ ।’

एन प्याव्सनका प्रदेश सचिव नन्दन यादवले क्षतिपूर्ति र दोषीलाई कारबाही नगरे आन्दोलनमा जाने चेतावनी दिए । गैर विद्यार्थीलाई ल्याएर तोडफोड गरिएको भन्दै उनले भने ‘क्षतिपूर्ति पाएन, दोषीलाई कारबाही भएन भने आन्दोलनमा जान्छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment