Comments Add Comment

सर्वेमा युवाहरुले खोले मनको कुरा, रिलेसनशिपबारे यस्तो खुलासा

युवाहरु विवाहको बारेमा के सोच्छन् ? लभ-रोमान्सलाई कसरी लिन्छन् ? यौनको विषयमा उनीहरुको के धारणा छ ?

यसको जवाफ विगतमा जस्तो पाइन्थ्यो, अहिले दुरुस्तै त्यस्तै हुन्छ भन्ने छैन । समय बद्लिएको छ । यो परिवर्तन सँगसँगै युवाहरुको सोंच र शैली पनि बद्लिएको छ ।

विगतमा प्रेम, विवाह, दाम्पत्य, सम्बन्धको प्रारुप फरक थियो । आमाबुवाले हेरिदिएका केटा वा केटीलाई जीवनभरका लागि आफ्नो बनाउनुपर्ने अवस्था थियो । विवाह त्यसबेला हुन्थ्यो, जतिबेला दुलहा र दुलहीले दाम्पत्य सुख बुझेकै हुँदैनथे ।

अहिले युवायुवतीको प्रेम र विवाहमा बुवाआमाको हस्तक्षेप हिजोजस्तो छैन । आफ्नो मर्जी अनुसार प्रेम र विवाह गर्नसक्ने छुट धेरैसँग छ । यससँगै विवाह, प्रेम र सम्बन्धका बारेमा युवाहरुको सोंच पनि फेरिएको छ । हिजो र आजको दाम्पत्य उस्तै छैन । हिजो र आजको सम्बन्ध उस्तै छैन ।

समय र परिस्थितीसँगै हरेक कुरा बद्लिन्छन् । यसले मानविय आवश्यक्ता पनि बद्ल्छ । सोंच र शैली पनि बदल्छ । युवाहरु यसमा कसरी अपवाद हुनसक्छ ?

बद्लिए युवा

युवाहरुको स्वभाव र व्यवहार हिजोभन्दा आज फरक हुँदै गएको छ, खासगरी प्रेम र विवाहको सन्दर्भमा । हालैमात्र एक सर्वेक्षण गरिएको थियो, जसको नतिजा बाहिर आएको छ । नतिजाले केही यस्ता रहस्य खुलाउँछ, जो परम्परगात सोंचभन्दा नितान्त फरक छ ।

सर्वेको नतिजाले भन्छ, ‘अहिलेका धेरैजसो युवाहरु सिंगल रहन चाहनछन् । उनीहरुलाई विवाहको विश्वास छैन ।’

एक्लो जीवन सजिलो

अविवाहित युवाहरुमाथि गरिएको सर्वेबाट के खुलासा भयो भने, उनीहरु सिंगल रहन चाहन्छन् । सर्वेक्षण १८ देखि २५ बर्षसम्मका युवाहरुवीच गरिएको थियो । उनीहरुमध्ये ८६ प्रतिशतको भनाई एउटै थियो, ‘अविवाहित बस्ने ।’

किन त ?

यसमा उनीहरुको मनोविज्ञान के बुझिन्थ्यो भने विवाहपछि धेरै झन्झट हुन्छ । वैवाहिक जीवन बोझिलो हुन्छ । यसका सीमाहरु साँघुरा हुन्छन् । सर्वेमा सहभागी युवाहरुको भनाई थियो, सिंगल रहँदा जीवन सहज रुपमा गुजार्न सकिन्छ ।

साथसाथै एक्लो हुँदा सकारात्मक हुने पनि उनीहरुको बुझाई छ । स्वतन्त्र ढंगले आफ्नै मर्जी अनुसारको जीवन रोज्नेहरु विवाह नगर्ने पक्षमा भेटिए । उनीहरु विवाहपछि करियर पनि राम्ररी अगाडि नबढ्ने कुरामा अडिग देखिए ।

बद्लिंदो मानसिकता

पुराना मानिसहरुको सोंचको तुलनामा अहिलेको नौजानको सोंचमा पुरै परिवर्तन देखिएको छ । उनीहरु विवाहलाई झन्झट र बाधाको रुपमा अथ्र्याउँछन् । यौन र विववाहलाई पनि उनीहरु जोडेर हेर्देनन् । यौनमा उदार युवापुस्ता यौनभोग मेट्नका लागि विवाह गर्नैपर्छ भन्ने पक्षमा छैनन् ।

विवाह नगरी बस्दा जीवन जिउन बढी सहज हुने उनीहरुको धारणा छ । सर्वे अनुसार ९० प्रतिशत युवा हप्तामा एक वा दुई पटक डेट जान्छन् । ७७ प्रतिशत युवाहरुको मान्यता के छ भने सिंगल रहँदाको रोमाञ्चकता विवाहित अवस्थामा अनुभव गर्न सकिदैन ।

जब दम्पती अलग हुँदैछन्

जीवनभर एकअर्काको साथमा रहने कसम खाएर बाँधिएका जोडीहरु अहिले एक्ला एक्लै जीवन विताउने निर्णयमा पुगिरहेका छन् । थुप्रै्र जोडी छन्, जो अलग हुँदैछन् । बाँकी जीवन एक्लो र मनमौजी ढंगले विताउने योजनामा छन् ।

श्रीमान् र श्रीमती जब एकअर्काको सहयोगी भन्दा पनि बोझिलो बन्छ, तब उनीहरु अलग हुने निर्णयमा पुग्छन् ।

रिलेशनसिप एक्ट्रा बोनस

यो कुरा स्पष्ट छ कि, वर्तमान समयमा युवाहरु अवसरको खोजीमा छन् । उनीहरु सफलताको खोजीमा छन् । उनीहरु आफ्नो करियर, काममा बढी केन्द्रित हुन चाहन्छन्, पारिवारिक जीवनमा होइन ।

युवाहरु महत्वकांक्षी पनि छन् । वर्तमान युगमा उनीहरु आफुलाई अब्बल सावित गर्ने दौडमा लागेका छन् । यही कारण पनि विवाह गरेर पारिवारिक जीवनमा रमाउने रहर उनीहरुले त्यागेका छन् । सफलताको दौडमा लागिरहेका उनीहरु रिलेशनशिपलाई एक्ट्रा बोनस मान्ने गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment