Comments Add Comment

पब्जी गेमको कुलतः स्वास्थ्यमा कसरी हानी गर्छ ?

अहिले धेरैको मुखमा झुन्डिने शब्द हो, पब्जी । फुर्सदमा सम्झने गेम हो, पब्जी । स्मार्टफोन भेट्नसाथ खोजिने गेम हो, पब्जी । पब्जी गेम भनेपछि कामधन्दा छाड्नेहरु पनि छन् । लेखपढ गर्न छाड्ने पनि छन् । यस्तो लाग्छ, उनीहरुको सपना-विपना पब्जी नै हो ।

खेलका आफ्नै सर्त र सीमा हुन्छन् । खेलको आफ्नै महत्व हुन्छ । खासगरी आउटडोर गेमहरुले शारीरिक, मानसिक विकासमा ठूलो सघाउँ पुर्‍याउँछ । त्यसका अरुपनि थुप्रै फाइदा छन् । जस्तो कि, प्रतिस्पर्धाको भावना विकास हुन्छ । नेतृत्व क्षमता विकास हुन्छ । एकता एवं सामाजिक भावना निर्माण हुन्छ ।

यद्यपी अहिले भर्चुअल गेमको जमना छ । घरभित्र अझ एउटै कोठामा कोचिएर भर्चुअल गेममा रमाउनेको संख्या बढ्दो छ । यी भर्चुअल गेमहरु सर्वथा गलत भन्ने होइन । भर्चुअल गेमले पनि मानसिक तनावबाट मुक्त गराउन सक्छ । मनोरञ्जन दिन्छ । कतिपय चलाखीपूर्ण निर्णय गर्ने क्षमताको विकास गर्छ ।

तर, कुनैपनि कुरामा आवश्यक्ताभन्दा बढी आशक्ति हुनु भनेको कुलत लाग्नु हो । कुलतले मानसिक, शारीरिक, सामाजिक विकासमा अवरोध पुर्‍याउँछ । महत्वपूर्ण समय नष्ट त गरेको छ नै ।

करियर बनाउने उमेरमा युवाहरु पब्जी खेलेर समय बर्बाद गरिरहेका छन् ।

पब्जीको साइड इफेक्ट

एकातिर पब्जी खेलको लोकप्रियता चुलिदो छ अर्कोतिर यसले मानसिक एवं शारीरिक समस्या पनि नित्याउँदैछ । अहिले पब्जीको कारण युवाहरुमा के कस्ता स्वास्थ्य समस्या देखापर्छ भनेर खोजी हुन थालेको छ । पब्जी खासमा एक मल्टीप्लेयर वा सामूहिक गेम हो, अर्थात एकसाथ केही खेलाडीले यसमा भाग लिन्छन् ।

यो गेम खेल्दै जाँदा युवाहरु यति निर्लिप्त हुने गरेका छन् कि उनीहरुले आफ्नो पढाई, कामधन्दा, करियर पनि सोच्न छाडेका छन् । साथै एकै स्थानमा घण्टौ बसेर गेम खेलिरहँदा स्वास्थ्यमा गंभीर समस्या पनि देखापर्दैछ ।

पब्जीले स्वास्थ्य खराब गरेपछि

पब्जीको कारण युवाहरुको स्वास्थ्यमा खराबी आएपछि यस खेलका निर्माताहरुले नै यसको रोकथामको उपाय खोजेका छन् । उनीहरुले यसका लागि ६ घण्टाको समय निर्धारित गरिदिएका छन् । यसको अर्थ अब कुनैपनि खेलाडीले ६ घण्टाभन्दा बढी समय गेम खेल्न सक्नेछैनन् ।

६ घण्टा पनि हेल्थ नोटिफिकेशन आउनेछ । त्यसपछि भने गेम स्वत् बन्द हुनेछ ।

पब्जीबाट असर भोगेकाहरुको अनुभव

एक २४ बषिर्य युवाले पब्जी खेलिरहँदा आफ्नो स्वास्थ्यमा कसरी त्यसले असर पुर्‍यायो भन्ने कुरा शेयर गरेका छन् । उनका अनुसार पब्जीले त्यस्तो भयानक स्वास्थ्य समस्या त पैदा गराएको छैन । यद्यपी उनको स्वास्थ्य स्थिती भने सामान्य छैन, जो हुनुपथ्र्यो ।

खेल आक्रमक भएकाले त्यसको मानसिक प्रभाव आफुमा पर्ने उनले बताए । साथै खेल हिंस्रक भएकाले आफुमा पनि त्यही किसिमको प्रवृत्ति क्रमस विकास हुँदै गएको उनले महसुष गरेका छन् ।

लामो समयसम्म मोवाइल खेलेर एकै स्थानमा बसिरहँदा आँखामा समस्या भएको थियो । साथसाथै उनको गर्दन र हातमा पनि समस्या देखियो । यसको अर्को समस्या भनेको अनिद्रा हो । गेमका तल्लिन भएयता उनको निद्रा भंग भएको छ । निद्रा नियमित र गहिरो छैन ।

अर्को एक युवा पनि दैनिक ६ देखि ७ घण्टासम्म पब्जी खेलिरहँदा त्यसले आफ्नो स्वास्थ्य खराब गरेको सुनाउँछन् । उनलाई अहिले टाउको दुख्ने समस्या भएको छ । साथै आँखा पनि कमजोर भएको उनले महसुष गरेका छन् ।

गेम खेल्ने चक्करमा उनले आफ्नो दैनिक काम, पढाई पनि भुलेका छन् । साथीभाईसँग हेलमेल हुने, परिवारसँग रमाउने समय पनि कटौती भएको छ । अहिले उनलाई निरन्तर टाउको दुख्ने समस्या छ । त्यही कारण उनलाई मोवाइल गेम खेल्न झर्को लाग्न थालेको छ ।

पब्जी एक समस्या

अहिले बच्चाहरु विद्यालयबाट फर्केपछि मोवाइलमा पब्जी खेल्न थाल्छन् । वयस्कहरु पनि अफिसबाट फर्किएपछि पब्जीमै रामाउन थाल्छन् । यसले गर्दा उनीहरुको शारीरिक सक्रियता पुरै घटेको छ । एकै ठाउँ कोचिएर घण्टौ बिताइरहेका छन् ।

यस गेमको चक्करमा परेपछि मान्छेको सुत्ने तालिका गडबड भएको छ । अपर्यात निद्रा, मोटोपन, उच्च रक्तचाप, हृदयरोग जस्ता समस्यालाई यसले जन्म दिएको छ ।

पब्जी खेल्नेहरुलाई ढाँडको समस्या देखिएको छ । उनीहरुको आँखामा पनि समस्या देखिएको छ । पब्जीको एडिक्सनले मान्छेको दिनचर्या विथोलिएको छ । उनीहरुको खाने, सुत्ने तालिका प्रभावित भएको छ । यसले शारीरिक गतिविधिलाई पुरै निस्क्रिय बनाइदिएको छ । सामाजिक सम्पर्क पनि टुटाइदिएको छ ।

अब के गर्ने त ?

पब्जी अहिले धेरै अभिभावकको लागि टाउको दुखाईको विषय भएको छ । यो भर्चुअल गेम ठिक त्यस्तै हो, जो लागु औषधको लत हुनेगर्छ ।

पब्जीको लतमा फसेकाहरुलाई पारिवारिक जीवनमा फर्काउनुपर्छ । उनीहरुलाई यो गेमबाट मुक्त गराउनुपर्छ । यसका लागि अभिभावकले आफ्ना छोराछोरीसँग अतिरिक्त समय दिनुपर्ने विज्ञहरुको राय छ ।

बच्चालाई एक्लो हुन नदिने वा गेम खेल्ने अनुकुलता नदिनु नै बुद्धिमता हुने उनीहरुले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment