+

एनपीएलको तेस्रो संस्करणका लागि पोखरा एभेन्जर्सले रिटेन गर्‍यो मार्कीसहित ७ खेलाडी

२०८३ जेठ  ३१ गते १८:३८ २०८३ जेठ ३१ गते १८:३८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिगको तेस्रो सिजनका लागि मार्की खेलाडी कुशल भुर्तेलसहित ७ खेलाडीलाई टोलीमा निरन्तरता दिएको छ।
  • टोलीले आगामी सिजनको रणनीतिक योजनाअनुसार कृष्ण पौडेल र रोहित चन्दसहित ५ खेलाडीलाई रिलिज गरेको छ।
  • पोखरा एभेन्जर्सले एनपीएलको अक्सनमा केन्द्रित हुँदै आगामी सिजनका लागि थप सशक्त टोली निर्माण गर्ने जनाएको छ।

३१ जेठ, काठमाडौं । पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनका लागि सात खेलाडीलाई निरन्तरता दिँदै पाँच खेलाडीलाई रिलिज गरेको घोषणा गरेको छ ।

फ्रेन्चाइजले आफ्नो मार्की खेलाडी कुशल भुर्तेललाई पुनः रिटेन गरेको छ । यस्तै अर्जुन कुमाल, दिनेश खरेल, विपिन खत्री, आकाश चन्द, सागर ढकाल र किरणकुमार थगुन्नाले पनि आगामी सिजनमा पोखराकै जर्सीमा खेल्नेछन् ।

पोखराले अनुभव, प्रतिभा र सम्भावनाको सन्तुलित संयोजन रहेको यो समूहले आगामी सिजनमा टोलीलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरेको छ ।

यता, टोलीले रणनीतिक योजनाअनुसार कृष्ण पौडेल, तृतराज दास, अभिषेक तिवारी, सन्दीप खत्री क्षेत्री र रोहित चन्दलाई रिलिज गरेको छ । क्लबले उनीहरूको योगदानप्रति धन्यवाद व्यक्त गर्दै आगामी क्रिकेट यात्राका लागि शुभकामना दिएको छ ।

पोखरा एभेन्जर्सले अब एनपीएल सिजन ३ को अक्सनमा केन्द्रित हुँदै थप सशक्त टोली निर्माण गर्ने जनाएको छ। समर्थकहरूको अपेक्षाअनुसार उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्यसहित टोलीले आगामी सिजनको तयारीलाई अगाडि बढाएको बताएको छ ।

एनपीएल २०२६ पोखरा एभेन्जर्स
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय